म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा नेकपा माओवादी केन्द्रको वडा कमिटी पुनर्गठन गरिएको छ । बेगमा आयोजित अगुवा कार्यकर्ताहरुको भेलाले बालकुमार गर्वुजाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको भविन्द्र शेरपुञ्जाले जानकारी दिनुभयो । भेलाले पार्टी कमिटी पुर्नगठन संगै संगठन विस्तारको कार्ययोजना समेत निर्माण गरेको छ ।

नेकपा माओवादी केन्द्रले गाउँपालिकाका सबै वडाहरुमा पार्टी कमिटी पुर्नगठन अभियान सञ्चालन गर्ने जनाएको छ । माओवादी केन्द्र गाउँपालिका कमिटीको बैठकले संगठन पुनर्गठन र विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले जानकारी दिनुभयो ।

Leave a Reply