सदरमुकाम बेनीमा जारी प्रथम म्याग्दी कोरोला कप पुरुष तथा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलसम्मको खेल सम्पन्न भएको छ । म्याग्दी कोरोला यातायात प्रालिको तेस्रो बार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगिताको शुक्रबार सम्पन्न भएको पुरुष तर्फको खेलमा मंगला गाउँपालिका-३ बरंजालाई बेनपा–९ घतानले सोझो सेटमा पराजित गरेको छ ।

त्यस्तै मंगला–५ अर्मनलाई बेनपा–५ पुलाचौरले १ का बिरुद्ध तीन सेटले पराजित गदैं फाइनलको यात्रा तय गरेको छ । महिलातर्फको सेमिफाइनल खेलमा अन्नपूर्ण गाउँपालिका–१ दोबालाई अन्नपूर्ण–३ दानाले सोझो सेटमा पराजित गरेको छ भने अन्नपूर्ण–५ शिखलाई अन्नपूर्ण–४ नारच्याङले २ का बिरुद्ध ३ सेट प्रहार गदैं फाइनलको यात्रा तय गरेको खेलकुद संयोजक कुमार किसानले बेनीअनलाइनलाई जानकारी दिए ।

प्रतियोगितामा क्वाटरफाइनलमा उत्कृष्ट खेलाडीलाई एकपटकको यात्रा निशुल्क गरिएको छ भने भने सेमिफाइनलमा उत्कृष्ट भएका खेलाडीलाई एकपटक दुबैतर्फको भाडा समेत छुट गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष तर्फ २० र महिलातर्फ १० टिमको सहभागिता जनाएका थिए ।

प्रतियोगिताको पुरुष तर्फको विजेता र उपबिजेताले क्रमश ५५ हजार ५५५, उपविजेता ३३ हजार ३३३, महिलातर्फ प्रथम हुनेले ३३ हजार ३३३ र द्धितियले २२ हजार २२२ नगद, मेडल र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा बेस्ट प्लेयर, बेस्टर सेटर, बेस्टर ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा अनुशासित खेलाडीलाई सम्मान गरिने छ भने सेमिफाइनलबाट बाहिरिनेलाई नगद ५ हजार, मेडल र प्रमाणपत्र दिइनेछ । फाइनल खेल शनिबार दिउँसो हुनेछ।

Leave a Reply