;]NkmL / l6s6s ufp“ M DofUbLsf] a]gL gu/kflnsf, ! l:yt /Tg]rf}/ kmf“6 . k[i7e'lddf kLr ;8s, km/flsnf] kmf“6 / lxdfn /fv]/ t:jL/ lvrfpg kfO{g] ePsf]n] /Tg]rf}/ ;]lNkm / l6s6s lvRg cfGtl/s ko{6s /Tg]rf}/ k'Ug] u/]sf 5g . t:jL/ M 3gZofd v8sf, sflGtk'/

म्याग्दीको बेनी नगरपालिका हुदै पश्चिम म्याग्दी जोड्ने एक सडक निर्वाचन क्षेत्रका रणनीतिक सडक विस्तार कार्यक्रममा समावेश गरिएको छ । बेनी नगरपालिका –१ रत्नेचौर, ज्यामरुककोट, भकिम्ली हुदै बरंजा जोड्ने सडकलाई जिल्लाको रणनीतिक सडकमा राखिएको हो ।

म्याग्दीका प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको पहलमा बेनी–दरबाङ सडकखण्डको बैकल्पिक मार्गको रुपमा समेत प्रयोग गर्न सकिने गरी ५० करोड विनियोजन गरिएको हो । उक्त रणनीतिक सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा प्रधानमन्त्री ओलीले शुभारम्भ गरेका छन् । रत्नेचारै हुदै ज्यामरुककोट सडक कालोपत्रे समेत भइरहेको छ । file photo

उक्त योजना बाहेक रणनीतिक सडकले समेत बेनपा १, २, ३ र मंगला गाउँपालिकाको ३,५ हुदै पश्चिम म्याग्दीको मालिका, धवलागिरी गाउँपालिकासम्म जोड्न सकिने बताइएको छ । सडक पूर्वाधारले समृद्ध बनाउने सडक विस्तार कार्यक्रमको लक्ष्य रहेको छ ।

सडकका बारेमा थप प्रष्ट पारिएको छैन् । जिल्लामा अन्य सडक निर्माणका साथै मर्मत सम्भार र ब्यवस्थापनमा समेत थप बजेटको तयारी भइरहेको जनाइएको छ । अधुरा र अलपत्र सडकलाई आवश्यक बजेटका साथै पुराना गौरवका योजनाहरुमा समेत सरकारले प्राथमिकता दिएकाले म्याग्दीमा थप बजेट ल्याउन सकिने अवस्था रहेको बताइएको छ।

प्रधानमन्त्री अ‍ोलीले सडकलाई लक्ष्य अनुसार समयमै काम सम्पन्न गर्न समेत निर्देशन दिएका छन् । दुई लेनको सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन तयार भएको छैन ।

Leave a Reply