कुपोषणको जोखिमलाई न्यूनिकरण गर्न बेनी नगरपालिकामा बहुक्षेत्रीय पोषण योजनाका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । सदरमुकाम बेनीमा शनिबार बेनी नगरपालिका र बहुक्षेत्रीय पोषण कार्यक्रमको आयोजनामा पोषण, स्वास्थ्य, सरसफाईको अवस्था सुधारका लागि योजना बनाउन सरोकारवालाहरुबीच छलफल भएको हो ।

नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र स्वास्थ्यसंग सम्बन्धित संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । मेयर श्रेष्ठले नगरभित्र पोषणको क्षेत्रमा आवश्यक पर्ने सुधारलाई उच्च प्राथमिकता दिने बताए ।

बहुक्षेत्रीय पोेषण कार्यक्रम प्रदेश नीति तथा योजना आयोग पोखराकी प्रदेश संयोजक पवित्रा सापकोटाले पोषणको अवस्था, समस्या र सुधारका लागि गर्नुपर्ने बिषयमा अभिमुखीकरण गरेकी थिईन् ।

नगरबासीको षोषण सुधारका लागि योजना बनाउनका लागि छलफल गरिएको नगरपालिकाले जनाएको छ। गर्भवती, सुत्केरी, दुई वर्षभित्रका बच्चा र उनीहरुका आमाको लागि पोषणयुक्त खानपान, सरसफाई, स्वास्थ्य परिक्षण, खोप लगाउने लगायतका बिषयमा प्राथमिकता दिने नगरपालिकाले जनाएको छ ।

Leave a Reply