लायन्स क्लव अफ बेनी महारानीको छैठौ अधिवेशन तथा साधारणसभा बाट वर्ष २०२१÷२२ को लागि रेश्मा श्रेष्ठ शाक्यको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

क्लवको प्रथम उपाध्यक्षमा भिममुकारी सुबेदी, द्धितिय उपाध्यक्ष जुनु उदाश श्रेष्ठ, तृतिय उपाध्यक्ष चन्द्रा घले गुरूङ, सचिव सरिता श्रेष्ठ, कोषाध्यक्ष शिला श्रेष्ठ, पिआरओ दिलमायाँ पुन, सहसचिव शुस्मीता श्रेष्ठ, सहकोषाध्यक्ष संगिता श्रेष्ठ (रोयल) रिपोटिङ डाइरेक्टरमा अर्पना श्रेष्ठ, मेम्बरसिप डाइरेक्टरमा सुजिन श्रेष्ठ, स्वास्थ्य प्रर्वद्धकमा सलिना खत्री, सोसियल सिम्पोसिजममा शारिका थापा लामा टेमर टिका शर्मा, टेल टुइस्टरमा आशा शेरचन, खेलकुद डाइरेक्टरमा निर्जला श्रेष्ठ, सदस्यमा जमुना रोका रहेका छन् ।

क्लवकी पूर्व अध्यक्ष प्रमिला जोशी श्रेष्ठको उपस्थितिमा साधारणसभा र अधिवेशन सम्पन्न भएको थियो । क्लवमार्फत निशूल्क आँखा परिक्षण शिविर, सरसफाई, विपन्नलाई खाद्यान्न सहयोग, बिपद् ब्यवस्थापन, बिरामीको उपचारमा सहयोगका साथै महिलाको आर्यआजर्न, वातावरणको क्षेत्रमा समेत सहयोग गरिएको थियो ।

महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने र आर्थिकरुपमा सशक्तिकरण गर्ने उद्देश्यले क्लवकी निर्वतमान अध्यक्ष संगिता श्रेष्ठले विभिन्न किसिमका तालिम सञ्चालन गरी ग्रामिण क्षेत्रमा महिलालाई समेत आर्थिक रूपमा आत्मनिर्भर बनाउने भूमिका खेलेको बताउनुभयो । म्याग्दीमा लायन्स क्लवको सामाजिक तथा मानवीय सेवासँगै स्वरोजगारमुलक कार्यक्रमले लायन्स प्रतिको आर्कषण समेत बढाएको छ ।

 

 

Leave a Reply