नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको नेतृत्वमा दुई समुहको उम्मेदवारी दर्ता भएको छ । पत्रकार महासंघ म्याग्दीको नयाँ नेतृत्व चयनका लागि आसन्न चैत २५ गते हुने चुनावका लागि आईतबार दुई समुहले उम्मेद्वारी दर्ता गराएका हुन् ।

छैटौँ अधिबेशनबाट नयाँ नेतृत्व चयनका लागि जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आईतबार पत्रकार ठाकुप्रसाद आचार्य समुह र प्रकाश पौडेलको समुहले उम्मेद्वारी दर्ता गराएको निर्वाचन कार्यालयका संयोजक प्रेमबहादुर कार्की (दिपक) ले बताए ।

आचार्य समुहबाट उपाध्यक्षमा हरिकृष्ण गौतम, महिला उपाध्यक्षमा रेखा रेग्मी, सचिवमा सन्तोष गौतम सह–सचिवमा धिरनबहादुर खत्री, समावेशी सह–सचिवमा साधन घर्ति (राम्जाली) कोषाध्यक्षमा राकेश शर्माको उम्मेद्वारी दर्ता भएको छ ।

त्यस्तै पौडेल समुहबाट उपाध्यक्षमा गोरखनाथ सुवेदी, महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री, सचिवमा प्रताप बानियाँ, सह–सचिवमा प्रमोद शर्मा, समावेशी सहसचिवमा धनबहादुर रोकामगर ( समिर), कोषाध्यक्षमा अमित विश्वकर्माको प्रतिस्पर्धामा उम्मेद्वारी दर्ता छ ।

आचार्यको समुहबाट सदस्यमा कमल खत्री, सन्दीप खत्री, साजन नेपाली, अनिल पौडेल, गणेश गुरुङ, जेनिशा पुरी, पदम विश्वकर्मा, हिमबहादुर छन्त्यालको उम्मेद्वारी दर्ता छ ।

त्यस्तै केन्द्रिय परिषद सदस्य पदको लागि धुव्रसागर शर्मा र सविता बानियाँ, प्रदेश परिषद सदस्य पदका लागि विक्रम बोकटी र निर्मल खत्री उम्मेद्वारी दर्ता भएको छ । पौडेललको प्यानलबाट सदस्यमा कृष्ण जिसी, अमृत बास्कुने, ममता बराईली, नजरानासिहँ ठकुरी, प्रतिक्षा खत्री सिजन रोका, शिव बोहोरा, सन्दिप शर्मा रिजाल प्रतिस्पधी उम्मेद्वारी दर्ता गराएका हुन् ।

त्यस्तै केन्द्रिय परिषद सदस्य पदका लागि घनश्याम खड्का र तारानाथ शर्मा, प्रदेश परिषद सदस्य पदका लागि अमर बानियाँ, देवीप्रसाद शर्मा, प्रकाश पौडेल र रामचन्द्र गौतमको उम्मेद्वारी दर्ता भएको छ ।

त्यस्तै महासंघको पदाधिकारीमा स्वतन्त्रबाट जनजाती सदस्यमा सुर्दशनकुमार श्रेष्ठ र खुल्ला सदस्यमा प्रकाश रेग्मीले उम्मेद्वारी दर्ता गराएका छन् । दुबै समुहले पत्रकार महासंघको भवन, अक्षय कोष स्थापना सहितका योजनामा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

हालसम्म सर्वसम्मतिमा नेतृत्व चयन हुदै आएको परम्परा यसबर्ष तोडिने अवस्थामा पुगेको छ । दुई कार्यकाल उपाध्यक्षमा विताएका आचार्यले आफ्नो अध्यक्षको उम्मेदवारी स्वभाविक भएको बताएका छन भने महासंघको संस्थापक सदस्य पौडेलले आफ्नो महासंघमा रहेको योगदानले अध्यक्षमा उम्मेदवारी दिएको बताए । अध्यक्षका प्रत्यासी आचार्य करिब एक दशकदेखि म्याग्दीमा कार्यरत छन भने पौडेल धौलागिरी एफएम हुदै हाल धौलागिरी टेलिभिजनको बागलुङमा प्रमुखका रुपमा कार्यरत छन् ।

Leave a Reply