नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैटौ जिल्ला अधिवेशनमा विभिन्न पदमा ८ जना निर्विरोध भएका छन् । आइतवार भएको मनोनयन दर्तामा सोमबार दावि विरोध र उम्मेदवारी फिर्ताको अवधिमा जिल्ला समितिमा दुई पद सहित ८ जना निर्विरोध चयन भएका हुन् । महासंघको नेतृत्वको लागि जिल्लामा दुई समूहले आईतवार मनोनयन दर्ता गरेका थिए ।

अध्यक्षका प्रत्यासी ठाकुर प्रसाद आचार्यको समूहबाट मनोनयन दर्ता गर्नुभएका केन्द्रीय परिषद सदस्य सविता बानियाँ र धु्रवसागर शर्मा निर्विरोध हुनुभएको हो । त्यसैगरि आचार्यकै समूहबाट महिला सदस्य पदका उम्मेदवार जेनिसा पुरी, प्रदेश परिषद सदस्य पदका उम्मेदवार निर्मल खत्री र विक्रम बोगटी समेत निर्विरोध हुनुभएको निर्वाचन कार्यालयका संयोजक प्रेमबहादुर कार्की (दिपक) ले जानकारी दिनुभयो ।

समावेशी सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका सुदर्शनकुमार श्रेष्ठ समेत निर्विरोध हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसैगरि प्रदेश परिषद सदस्य पदमा अमर बानियाँ र देवी प्रसाद शर्मा समेत निर्विरोध हुनुभएको छ ।

चैत २५ गते हुने निर्वाचनका लागि म्याग्दीमा दुई समुहले प्रतिस्पर्धा गर्दै छन् । प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी (माधव समूह)को तर्फबाट क्रियाशिल पत्रकारहरुको समूह बनाएर ठाकुर प्रसाद आचार्यको नेतृत्वमा साझा उम्मेदवारहरु तय गरिएको छ भने प्रेस चौतारी नेपालको तर्फबाट प्रकाश पौडेलको नेतृत्वमा उम्मेदवारी दर्ता भएका छ ।

आचार्य नेतृत्वबाट उपाध्यक्षमा हरिकृष्ण गौतम, महिला उपाध्यक्षमा रेखा रेग्मी, सचिवमा सन्तोष गौतम, सह–सचिवमा धिरनबहादुर खत्री, समावेशी सह–सचिवमा साधन राम्जाली कोषाध्यक्षमा राकेश शर्मा प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यस्तै पौडेल समुहबाट उपाध्यक्षमा गोरखनाथ सुवेदी, महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री, सचिवमा प्रताप बानियाँ, सह–सचिवमा प्रमोद शर्मा, समावेशी सहसचिवमा धनबहादुर रोकामगर( समिर), कोषाध्यक्षमा अमित विश्वकर्मा प्रतिस्पर्धामा उत्रनुभएको छ ।

आचार्यको समुहबाट सदस्यमा कमल खत्री, सन्दीप खत्री, साजन नेपाली, अनिल पौडेल, गणेश गुरुङ, दलित सदस्य पदमा पदम विश्वकर्मा, अन्य समावेशी सदस्यमा हिमबहादुर छन्त्यालको उम्मेद्वारी परेको छ ।

पौडेललको प्यानलबाट सदस्यमा कृष्ण जिसी, अमृत बास्कुने, ममता बराईली, सन्दिप शर्मा रिजाल, अन्य समावेशी सदस्यमा नजरानासिहँ ठकुरी, दलित सदस्यमा शिव बोहोराको उम्मेदवारी परेको छ ।

त्यसैगरि महासंघको सदस्य पदमा प्रकाश रेग्मीले स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनुभएको छ । अध्यक्ष पदका उम्मेद्वार आचार्य गोरखापत्र दैनिक म्याग्दीका संवाददातासंगै नवविकल्प साप्ताहिक पत्रिका र विकल्प न्युज डटकमका प्रकाशक र सम्पादक हुनुहुन्छ भने पौडेल धौलागिरी टेलिभिजनमा कार्यरत हुनुहुन्छ । आचार्य महासंघ म्याग्दीको दुई कार्यकाल उपाध्यक्षमा रहेर काम गरिसक्नुभएको छ ।

Leave a Reply