नेकपा (एमाले) माधब पक्ष निकट युवाहरुको भातृ संगठन युवा संघ नेपाल म्याग्दीको भेलाले अध्यक्षमा अनुप गौचनको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । बेनीमा सम्पन्न भएको भेलाबाट उपाध्यक्षमा कर्ण छन्त्याल, सचिबमा कमल किसान, कोषाध्यक्षमा आकाश केसी छन् ।

जिल्लामा समानान्तर संगठन विस्तारको अभियानलाई तिब्रता दिएको माधव पक्षले जिल्लामा विद्यार्थी, महिला, दलित सहितका अन्य विभिन्न भातृ संगठनहरु विस्तारको अभियानलाई तिब्रता दिने जनाएको छ ।

अध्यक्ष गौचन माओवादी र एमालेको पार्टी एकतापछि बनेको नेकपा मालिका गाउँपालिका–६ दरबाङका अध्यक्ष र मार्सल आट खेलाडी समेत हुन् । भेलालाई सम्बोधन गदैं नेकपा (एमाले) माधब पक्षका जिल्ला अध्यक्ष बालकृष्ण सुबेदीले प्रतिगमन सहित प्रधानमन्त्री केपी शर्मा ओलीका तानाशाही प्रबृत्तिलाई असफल पार्नका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी दिए ।

‘अब टोलटोलमा पुग्छौ,पार्टी एकताका लागि पनि यो आवश्यक छ’ अध्यक्ष सुबेदीले भने । पार्टीको माहधिवेशनबाट पारित विधान,नीति र निर्वाचित कमिटिलाई शिरोपर गरि पार्टी सन्चालन हुनुपर्नेमा ओलिले पार्टिलाई बिभाजनतर्फ लैजाने काम गरेको बताए ।

सोही अवसरमा युवा नेता राजकुमार थापाले सर्वोच्चको फैसलापछि पार्टी अध्यक्ष ओलीबाट एकताबद्ध गराउनुपर्नेमा कारवाही सहित पार्टीको आन्दोलनलाई कमजोर बनाउने प्रयास भएको बताए । युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णकुमार विश्वकर्माले कम्यूनिष्ट आन्दोलनको नेतृत्व अव नेकपा एमाले माधव नेपाल समुहले गर्ने बताए ।

कार्यक्रममा दलित नेता रूद्र किसान लगायतले पार्टीको संगठन विस्तार सहितको अभियानलाई तिब्रता दिनुपर्ने बताएका थिए । चन्द्र जुग्जालीको अध्यक्षता र नवीन खत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply