म्याग्दीको मंगला गाउँपालिका-१ खानीगाउँका मृगौला पीडित पेशबहादुर राम्जालीलाई अमेरिकको बरांजी गुप्रले आर्थिक सहयोग गरेको छ । मृगौलामा खरावी भएपछि उपचारर्थ राम्जालीलाई मंगला गाउँपालिका वडा नं ३ सातेविसे घर भई हाल अमेरिकाको बाल्टिमोरमा कार्यरत सन्तोष खड्काको पहलमा १ लाख ७० हजार ७४५ रुपैयाँ सहयोग गरिएको हो ।

उक्त सहयोग मंगला–१ की वडा सदस्यम विष्णु जिसीले लाल यूवा क्लवका उपाध्यक्ष बाबुराम आचार्य मार्फत पीडित राम्जालीलाई हस्तान्तरण गरिएको छ । मृगौला पीडित राम्जालीको उपचारमा स्थानीय लाल यूवा क्लवले समेत अभियान सञ्चालन गरिरहेको छ । पीडित राम्जालीको आर्थिक अवस्था समेत निकै नाजुक रहेकाले परिवारले नै सहयोगको अपिल गरेका थिए ।

Leave a Reply