खानीगाउँको जंगलमा आगलागी

0
508

म्याग्दीको मंगला गाउँपालिका–३, खानीगाउँस्थित सामुदायिक बनमा भिषण आगलागी भएको छ। नजिकै रहेको खेतबारीमा पातपतिङ्गर बतुलेर (फुट) लगाउने क्रममा हावाको वेगको कारण वनमा एक्कासी भीषण आगलागी हुँदा शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा निभाउने प्रयासमा स्थानीय युवाहरु जुटेपनि नियन्त्रणमा आउन सकेको स्थानीय यूवा गम रोकाले जानकारी दिए ।

आगलागीबाट मानवीय क्षतीको सम्भावना नभएपनि थप क्षती हुन नदिन आगामी दिनमा अग्नीरेखा बनाएर नियन्त्रणको प्रयास गर्ने स्थानीयको भनाई छ । डढेलो लागिरहेकाले कति क्षेत्रफलको जंगलमा आगलागी भयो भन्ने अझै यकिन भइसकेको छैन्। म्याग्दीमा यसबर्ष करिब १३ सय हेक्टर आगोलागीबाट सखाप भएको छ । दर्पण रोका÷म्याग्दी