म्याग्दीको मंगला गाउँपालिका-२, हिँदीमा आयोजित १ दिने निःशुल्क पशु स्वास्थ्य शिविरमा करिब ५४ जना सेवाग्राही लाभान्वित भएका छन् ।

ग्रामिण क्षेत्रमा रहेका पशुपालक किसानको घरदैलोमै पुगेर सेवा दिने अभियान अन्तरगत किसानी मावि बिमको प्राविधिक सहयोगमा आयोजित शिविरमा पशुचौपायालाई लक्षणको आधारमा औषधी वितरण गरिएको छ भने कुखुरालाई औषधी वितरण गरिएको हो ।

शिविरमा पशुचौपायालाई लक्षणको आधारमा औषधी वितरण गरिएको छ भने कुखुरालाई औषधी वितरण गरिएको किसानी माविका भेटनरी प्रशिक्षक डा. मिलन सापकोटाले जानकारी दिए ।

‘उपचारको अभावमा थलिएको पशुचौपायाको उपचार गरियो,‘रोगको पहिचान र समस्याको समाधान गरिएको थियो’ डा. सापकोटाले भने । उनका अनुसार दुब्लोपन सहित विभिन्न जटिल समस्या भएका पशुचौपायालाई नियमित उपचार सहित आवश्यक परार्मश दिइएको थियो ।

शिविरकै अवसरमा डा. सापकोटा सहितको टोलीले किसानको गोठमै पुगेर समेत सेवा दिएका थिए । शिविरको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले किसानको घरदैलोमै विभिन्न सेवा लिएर आउने अभियान अन्तरगत शिविर सञ्चालन गरिएको बताए ।

‘ग्रामीण भेगका कृषकका लागि यस्ता कार्यक्रमले पशुपालनमा आत्मनिर्भर बनाउन सहयोग गर्छ,’ अध्यक्ष रोकाले भने । उनले सबै वडाको बस्तीमै यस्ता शिविर पुर्याउने बताउँदै जनताको हरेक समस्यामा गाउँपालिकाले साथ दिने गरेको बताए । किसानी माविका प्रशिक्षक रोशन बानियाँ सहित १६ जना विद्यार्थीले सेवा दिएका थिए ।

सापकोटा भेटनरीका सञ्चालक टेकप्रसाद सापकोटाले औषधी निःशुल्क वितरण गरिएको थियो । स्वास्थ्य शिविरबाट लाभान्वित स्थानीयले पशुपालनबारे नजानेका धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिए । व्यावसायिक रुपमै पशुपालनमा इच्छुक रहेका किसानलाई आवश्यकता अनुसार गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गरिने जनाइएको छ ।

Leave a Reply