बेनी नगरपालिका-९ तिनमानेको सामुदायिक बनमा भीषण आगलागी भएको छ । आज दिउँसो करिब १ बजेबाट सुरु भएको आगो अझै नियन्त्रण हुँन सकेको छैन । आगो बढ्दै गएकाले आसपास क्षेत्रको बस्ती जोखिममा परेको छ । बेनपा–५ को सिमानाबाट फैलिएको आगो नियन्त्रणमा स्थानीयले प्रयास गरेपनि नियन्त्रण हुन नसक्दा बस्तीमा जोखिम बढेको हो ।

आगलागी भएको क्षेत्रमा नियन्त्रणका लागि प्रयाप्त जनशक्तीको अभावका कारण समस्या भइरहेको स्थानीय रामजीप्रसाद सुबेदीले बताए । ‘७ घरधुरी जोखिममा छ,‘गाउँमा रहेको मन्दिर आसपासमा स्थानीयको प्रयासमा नियन्त्रण गरिएको थियो’ सुबेदीले भने ।

उनका अनुसार आवश्यक उपकरणको अभावका कारण आगो नियन्त्रणमा समस्या भएको छ ।
गिठिनी र सानो सल्लेरी सामुदायिक बनसँगै पुलाचौर जाने सडक आसपासमा फैलिएको आगलागीका कारण स्थानीयबासी त्रसित भएका छन् ।

तिनमाने गाउँको पूर्व, पश्चिम र दक्षिण क्षेत्रमा आगलागी भइरहेको छ । आगो बढ्दै गएकाले आसपास क्षेत्रको बस्तीमा जोखिम बढेपछि प्रहरीलाई खवर गरिएको थियो । हालसम्म बस्तीसम्म नपुगेपनि आगोको जोखिममा रहेको बस्ती वरिपरि केही भाग जंगलमा हामी आफै आगो लगाइ जोखिम मुक्त क्षेत्र बनाउने प्रयास भइरहेको छ ।

म्याग्दीको अधिकांस सामुदायिक बन आगलागीका कारण ध्वस्त भएको छ । बस्ती आसपासका जंगलमा आगोको मुस्लो देखिने गरेको छ । सदरमुकाम बेनीबजार नजिकै रहेको दुईवटा सामुदायिक बनमा लागेको आगलागी भने नियन्त्रणमा आएको छ । गर्मीयामको समयमा आगोले धेरै क्षति गर्ने भएकोले सवैलाई सचेत हुन समेत जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ ।

Leave a Reply