नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा तहसम्म आफ्नो संगठनको संरचना ब्युताउँन थालेको छ।दुई हप्ताअघि बेनीमा बसेको जिल्ला संगठन कमितिको पुर्ण बैठकको निर्णय अनुसार म्याग्दीका विभिन्न वडाहरुमा माओवादी केन्द्रले कार्यकर्ता भेला गरी संगठन पुर्नगठन गरिरहेको छ ।

सर्वोच्च अदालतले २०७७ फागुन २३ गते तत्कालीन माओवादी केन्द्र र एमाले पार्टी ब्युताएपछि दुवै पार्टीले केन्द्र देखि वडा सम्म आफ्ना पुरानै संरचनालाई ब्युताएर सक्रिय बनाउन थालेका छन्।यसैक्रममा अन्नपूर्ण गाउँपालिकाको वडा न. ६ घारमा टिकबहादुर बरुवालको संयोजकत्वमा १२ सदस्यीय वडा संगठन कमिटि गठन भएको छ ।

कमिटिको सदस्यमा श्यामप्रसाद खड्का, खिमबहादुर बरुवाल, गुरुप्रसाद बरुवाल, लेटबहादुर खड्का, राजाराम बरुवाल, वुद्धी बरुवाल, इश्वर बरुवाल, प्रदिप खड्का, दर्शन बरुवाल, गिरी बरुवाल, धनबहादुर बरुवाल चयन हुनुभएको छ ।

यसैगरी अन्नपूर्ण गाउँपालिका वडा न. ३ दानामा थमबहादुर बिकको अध्यक्षतामा २२ सदस्यीय वडा संगठन कमिटि गठन भएको नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य बुद्धी पुनले जानकारी दिनुभयो । पुन र गाउँपालिका कमिटिका सचिव पुर्णबहादुर पाइजाको उपस्थितमा भेला सम्पन्न भएको हो ।

यसैगरी मालिका गाउँपालिकाका बिभिन्न वडाहरुमा पनि कार्यकर्ता भेला र पार्टी संरचना पुनगठन भइरहेको छ । शनिबार वडा न. ३ डाडागाउँमा भएको कार्यकर्ता भेलाले बलबहादुर रोका इञ्चार्ज, सरस्वति पुन अध्यक्ष र लालबहादुर पटेल सचिब रहेको २९ सदस्यीय वडा कमिटि गठन भएको जिल्ला कार्यालय सदस्य रेशम जुग्जाली (सुबिन)ले बताए । उनले म्याग्दीमा माओवादी केन्द्रको पुरानो शक्ती ब्यूताएरै छोड्ने प्रतिबद्धता समेत बनाए ।

Leave a Reply