अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा सुवर्ण रिजाल

On: April 11, 2021 11:19 AM
Follow Us:

लायन्स क्लव अफ बेनी पिस सिटिको शुक्रबार सम्पन्न छैठौ अधिवेशनबाट वर्ष २०२१÷०२२ का लागि अध्यक्षमा सवर्ण रिजाल चयन भएका छन् । रिजालको अध्यक्षतामा गठन भएको क्लवको प्रथम उपाध्यक्षमा भोजबहादुर रिजाल, दितृय उपाध्यक्षमा सन्दिप खत्री, तृतीय उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, सचिबमा नन्दकुमार पाइजा, कोषाध्यक्षमा बामदेव रिजाल रहेका छन् ।

एलसिआइएफ संयोजकमा सचिनकुमार चौधरी, मेम्बरसिप चियरप्रर्सनमा दिपक श्रेष्ठ, मार्केटिङ कमिटि चियर पर्सनमा हरिकृष्ण गौतम, सुर्भिस चियर पर्सनमा दुर्गा बुढामगर, स्वास्थ्य डाइरेक्टरमा लक्ष्मण शर्मा, रिपोटिङमा जेनेश श्रेष्ठ, एजुकेशनमा रमेश फगामी, स्पोर्टमा कुमार बानियाँ, सोसलमा ललिन्द्र थापा, फाइनान्सीयल कोअर्डीनेटरमा टिकाराम गुरुङ, डाइरेक्टरमा श्याम थापा र हिरा पुन चयन भएका छन् ।

खम थापामगरकाे अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दी प्रवासी संघ मोनाका संस्थापक अध्यक्ष दल शेरपुञ्जा, राजेश शाक्यको उपस्थिति थियो । सो अवसरमा सन्दिप खत्रीले क्लवले गरेका गतिबिधी समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।