जसरी भारतको उत्तराखण्डको चारैधाम तथा अन्य तीर्थ स्नानमा जानको लागि मूल प्रवेश बिन्द्ु भएकोले हरिद्वारलाई हरिद्वार भनिन्छ । त्यसरी नै मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनी, निलगिरि पर्वत, पौलस्त्य–पुलह आश्रम र अन्य तीर्थ स्थानमा जानको लागि मूलबिन्दु भएकोले नेपालको हरिद्वार गलेश्वरधाम हो भन्नलाई अत्युक्ति हुँदैन ।

यस धामप्रति मेरो विशेष आस्था हुनाको कारण सर्वप्रथम यो उल्लेख गर्न चाहन्छु कि मेरा (हाम्रा) बाजे आनन्ददेव जोशी (रेग्मी) जुम्लाबाट बसाई सर्दा यही गलेश्वरमा उहाँसँगै आएका व्यक्तिहरू (भरिया) समेत बास बसेछन् । तर त्यतिखेरका ढोल्ठाने राजा वा अन्य यहाँका जनताबाट उहाँको केही वास्ता भएनछ । कतिदिन यहाँ बस्नुभयो थाहा भएन ।

किनकि मैला पुराना कपडा लगाएका सामान्य ढाक्रे नै सम्झे, सबै जनाले । त्यसपछि हिंड्ने बेलामा यही ‘गलेश्वर’को शिलामा हामीले एउटा चक्कु काँक्रो वा मूलामा कोप्न जसरी सजिलै सक्छौँ, त्यसरी नै एउटा ठूलो लामो खुकुरी शिलामा कोपी बिँडमात्र थोरै देखाएर आफ्नो प्रभावको चिनो छोडेर अगाडि बेनी हुँदै खनियाघाट पुगेर बस्नुभएछ । भरिया सबैको भारी भएकोले त्यहाँ पुग्न केही लामो समय लाग्ने नै भयो ।

त्यसपछि यहाँको कुनै मान्छे संयोगले आउँदा कुनै व्यक्तिले त्यो आश्चर्यको घटना देखेपछि हल्लीखल्ली मच्चिएछ र त्यतिखेरका यहाँका राजाले दूतहरूलाई खोजी गर्न पठाउँदा खनियाघाटमा भेटाएपछि राजा गई बिन्ती गरेर क्षमा मागेछन्, उनको प्रभाव जान्न नसकेर ।

अनि खनियाघाट र नाग्लीबाङ्को सयौँ रोपनी (मुरी) जमिन बिर्ता पाउनुभएछ । यसको कारण त्यो खुकुरी उहाँले शिलामा गाड्न सक्ने क्षमता उहाँले अणिमा सिद्धि प्राप्त गर्नुभएको रहेछ ।

अनि विवाह गरी चार भाइ छोरा जन्मिनुभएछ, त्यसपछिको घटना ‘धवलागिरिको सांस्कृतिक सम्पदा’ लेखक प्रेम छोटाज्यू र प्रकाशक, ‘नेपाल प्रज्ञा–प्रतिष्ठान’, कमलादी, काठमाडौंबाट प्रकाशित पुस्तकमा ‘शुक्लेश्वर मन्दिरमा यौनजन्य अपूर्व कारिगरी’ शीर्षक अन्तर्गतको पेज नं.११५ र ११६ को केही अंश ृ ेंभित्र यहाँ उल्लेख गर्दा प्रष्ट हुने हुँदा यहाँ उद्धृत गर्न चाहन्छु ।

नेपालको कर्णाली प्रदेश सबै क्षेत्रबाट अग्रज मानिन्छ । जसलाई नेपाली भाषा, साहित्य र संस्कृतिको मूल थलो भन्नमा कुनै अत्युक्ति नहोला ।

तिनै सिलसिलामा ७५ जिल्लामध्ये पर्वत, नाग्लीबाङ्ग, खनियाघाट, खुर्कोट गा.वि.स.–३ र ६ मा अद्यापि बसोबास गरेका (जोशी) र रेग्मी खलकका मानिसहरू कर्णाली प्रदेशबाट स्थानन्तरित भई उक्त ठाउँमा स्थायी बसोबास गरेको प्रमाण उनैका सन्तानहरूको प्राप्त वंशावलीबाट बलियो आधार फेला परेको छ । उनीहरूको पहिलो व्यक्ति आनन्ददेव जोशी उतैबाट आइ बसेको प्रमाणको पुष्टि हुन्छ ।

आनन्ददेवका चार भाइ छोरामध्ये नीलकण्ठ (मेजर), रश्मिराज, शुकदेव खरिदार र विचारी थिए । ती चार भाइमध्ये शुकदेव साहिँला र सन्तानहीन पनि थिए । कालान्तरमा उनको मरणपश्चात् उनकी धर्मपत्नी श्रीमती पद्मादेवी जोशीले आफ्ना स्वर्गीय स्वामीको पुण्यस्मृतिमा आफ्नो निजी खर्चमा मन्दिर (देवल) र धर्मशाला आदिको निर्माण गरिदिने मनसुवा गरे मुताविक पर्वत, खनियाघाटको बगुवा भन्ने पाखो जग्गामा वि.सं. १८८० सालमा एउटा मन्दिर र दुईवटा धर्मशालाको निर्माण गरिदिएकी थिइन् ।

मन्दिरभित्र मूल देवताको रूपमा शिवलिङ्ग सो माथि तामाको जलधारा पनि राखिएका छन् ।

साथमा विष्णु, सूर्य, गणेश र दुर्गाका मूतिहरू स्थापना गरेका छन् । त्यस बेलादेखि उक्त मन्दिर र धर्मशाला उनै स्व. शुकदेवको नाउँ सदा चिरस्थायी रहीरहूँन् भन्नाले ‘शुक्लेश्वर मन्दिर’को नामबाट नामकरण भएको छ, जो अद्यावधि प्रसिद्ध छ । अर्को कुरा यस मन्दिरको गुठीको व्यवस्था र गुठी सुचारु–रूपले परिचालन होस् भन्नाका निमित्त निज श्रीमती पद्मादेवी जोशीले तत्कालीन महाराजधिराज राजेन्द्र विक्रम शाहको जुनाफमा बिन्ती–पत्र चढाएकी थिइन् । बिन्तीपत्र उपर कारवाही हुँदा राजेन्द्रविक्रम शाहबाट वि.सं. १८८१ साल जेठ ११ गतेको लालमोहर प्रदान गरिएको पत्र यस प्रकारको छ ।

“स्वस्ति श्री गीरिराज चक्रचूडामणि नरनारायेणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत श्रीमान् महाराजधिराज श्री श्री श्री महाराज राजेन्द्र विक्रम शाह बहादुर सम्सेर जङ्ग देवानां सदा समरं विजये नाम् ……. आगे शुकदेव जोशीकी ब्राह्मणी पद्मादेवीके तिमीले आफ्नो षसम्का नाममा १ ……. स्थापना गरी देवल धर्मशाला बनाउन निमित्त २ ……. का किनाराका जगा हाम्रा हजुरमा बिन्ती गर्दा पर्वत, ततर्कोटका अवलमा खनियाबास बगुवा भन्याको जगा पूर्व खनियाबासको खोलो रूपा पानीको खोल्सो दक्षिण पश्चिम ……. २ …… बिर्ता जफदी बाहेक ….. १ स्थापना गरी देवल धर्मशाला बनाउनलाई मोहर गरी अवस्याको हो सोही जगा आज १ प्रिति सङ्कल्प गरी गुठी राखी सर्वाङ्ग माफ १ प्रिति अर्पण गरी बक्स्यौँ ।

खतिरजामासँग त्यस जग्गाको पेदावार जो भयाको १ का नित्य नौनित्य पूजामा लाउनू हाम्रो जय मनाउन गुठी यार शुकदेव जोशीका भतिजा चक्रपाणि जोशी इति संवत् १८८१ साल मिति जेठ बदी ११ रोज १ शुभम् ।”

यस प्रकारले उक्त लाल मोहर–पत्रमा उल्लिखित बेहोराबाट सो ठाउँमा स्थापित मन्दिर, धर्मशाला समेतको चारकिल्लाभित्रका सम्पूर्ण जगामा सरोकारवाला व्यक्तिको तैनात, यसको संरक्षण र उपभोग गर्न पाउने व्यवस्थाको मोहरी लालमोहरको पत्रबाट नै स्वतः प्रमाणित भएको ठहर हुन आउँछ । े
माथि उल्लेख भएको श्रीगलेश्वरधामको यस्तो महङ्खव भएको कुरा मैले जान्ने भएपछि मेरा पिताजी स्व.हरिदत्त रेग्मी र अन्य गाउँका काका, ठूलाबाहरू र हजुरबुबाहरूबाट सुन्दै आएको थिएँ । त्यसपछि बेलामौकामा मुक्तिनाथधाममा दर्शन गर्न आउँदा पटकपटक दर्शन पनि गरेको थिएँ ।

तर पनि यस ठाउँमा बसेर साधना गर्ने साइत जुरेको थिएन र श्रीकृष्णगण्डकीको स्नान (दर्शन) भइरहेको भएता पनि घरबाट लामो समयसम्म अर्मादी (नयाँपुल)को घाट टाढा पर्ने र हाम्रो वंशको ठूलो शाखा भएकोले छेकथुन (सूतक–मृतक–घटना) हुँने हुँनाले तथा म २०६३–०६४ सालमा गुप्तेश्वर गुफा (गायत्रीमन्दिर)मा बसी साधना गरेपछि पनि त्यहाँबाट पनि गण्डकीको स्नान (दर्शन) दिनहुँ हुन असम्भव थियो, किनकि दिनहुँ गण्डकी जाउँ भने समय अभावले अरू साधना हुँदैनथ्यो।

यसकारण ‘गलेश्वर बाबा’को दर्शन र गण्डकी दर्शन (स्नान) सुगमताले यहाँ हुँनाले यही साधना गर्ने इच्छा हुँदाहुँदै पनि ‘गलेश्वरधाम’मा साधना गर्दा एक महिनामा ३ हजार भाडा तिर्नुपर्ने निःशुल्कको कोठा नभएको कुरा ५–७ वर्ष अगाडिदेखि नै पण्डित भीमनाथ पराजुलीज्यूबाट जानकारी प्राप्त गरेको थिएँ ।

यता वारीपट्टि ‘श्रीरामन्दिर’मा बसौँ भने विगतको बाढीले यस मन्दिरका संरक्षक, ‘राष्ट्रिय परोपकार महासंघ, नेपाल, केन्द्रीय कार्यालय, पोखराका अध्यक्ष’ श्रीपूजनीय स्वामी कमलनयन गौतमज्यूले बनाउनुभएको ३ तले भवन नै गण्डकीले लगेको सबैलाई विदित नै छ ।

तसर्थ यता सम्पर्क नै गरिन बस्ने कोठा छैन भनेर र घारखोला श्रीदत्तात्रेय मन्दिरका म. श्री बालगोपाल गिरिज्यूलाई फोन गरी यही २०७७ कार्तिक ७ गते फुलपातीको दिन घरबाट त्यहाँ पुगें र ४–५ दिन बस्दा त्यहाँ मेरो साधना नहुने मेरो मनले ठोकुवा गरेर ‘श्रीराममन्दिर’का म. पूज्य श्रीब्रह्मचारी केशवदासज्यूलाई पटकपटक फोन गरेँ, तर फोन उठेन र श्री पं. भीमनाथ पराजुलीज्यूलाई परिस्थिति बताएपछि उहाँ यहाँ आई वहाँलाई भन्दा हुँदैन भन्नुभएछ, पछि फलानो व्यक्ति हुनुहुन्छ भन्दा त्यसो भए उहाँलाई त हुन्छ भनेर भन्नुभएछ र पराजुलीजीले फोन गरेपछि कार्तिक १२ गते द्वादशीको बिहानै घारखोलाबाट कुलेलम ठोकेँ ।

पूज्य केशवदास महाराजजीले हुन्न भन्नुको कारण एक जना साधुले उहाँलाई हातपात गर्ने कोसिस गरेका रहेछन् । मेरो र उहाँको १७ वर्षदेखि चिनजान थियो । उहाँको जन्मभूमि साविक खुर्कोट–८ र मेरो ३ वडा हो साथै मेरो घरमा गएर म बृद्ध भएँ, तपाईँले मन्दिर चलाउनुप¥यो भनिरहनुभएकै थियो र अहिले पनि भन्नुभएको छ, तर मेरा आफ्ना तरङ्गले स्थिर भएर बस्ने समय अझै भएको छैन, इच्छापूर्ण होलान् नहोलान् त्यो बेग्लै पाटो हो ।

यसरी कार्तिक १२ गतेदेखि मंसिर ३० सम्म ‘श्रीराममन्दिर’मा नै बसेर साधना गरेपछि केही समय ‘गलेश्वर मन्दिर’मै बसेर साधना गर्ने विचारले पं. पराजुलीज्यूलाई बारम्बार अनुरोध गरेँ रु.३ हजार मासिक तिर्ने मसँग रकम नभएको रकम तिर्न नपर्ने कोठा अन्नक्षेत्रमा नभएकोले मेरो पटकौँको अनुरोधबाट अहिले जाडो छ, ‘कोरोना’को कहर पनि छ, ‘हल’मा बस्नुहुन्छ भने फागुनमा तीर्थयात्री आउँछन् छोड्न पर्छ भन्नुभयो र एउटा तेस्रो तलाको ‘हल’मा बसेर साधना गर्दै गर्दा तीर्थयात्रीहरू आउन थाले ।

७०–८० जना बस्न (सुत्न) मिल्ने ‘हल’ म एउटा व्यक्तिले रोक्न पनि भएन र पुनः फागुन ९ गते ‘श्रीराममन्दिर’ जलजला गाउँपालिका वडा नं. २ पर्वतमा आएँ । यहाँ आउनुभन्दा पहिला पं. भीमनाथ पराजुलीज्यूले व्यक्तिगत सहयोग पनि गर्नुभयो, उहाँको निवाससँगै बस्ने एक जना लगभग ९० वर्षकी माताजीलाई पनि सहयोग गर्न प्रेरणा दिनुभयो भने अन्नक्षेत्रमा दान गर्नुपर्नेमा अन्न त कुनै हालतले पनि लिनुहुँदैन तर अरू चीज अप्ठ्यारो नपर्ने भए केही मात्रामा सहयोग लिनुप¥यो भन्दा कोठारीजीलाई भन्नुभयो र लिएँ पनि ।

यसको साथै अन्तिम समयमा एक जना रमा बैनी तथा कोठारी (अन्नक्षेत्रका सचिव) जीले यति त लिनुहोस् यो अन्न यहाँको होइन भनेर पटकपटक भन्नुभएकोले २ पाथी चामल र ५ किलो गहुँको पीठो लिएँ पनि ।

यिनी कारणहरूले श्री पं.भीमनाथ पराजुलीजीको माध्यमबाट त्यस ‘श्रीगलेश्वर क्षेत्र विकास समिति’का सबै कार्य समिति र अन्य गलेश्वरबासी जनसमुदायको म ऋणी भएको छु, यसमा कुनै शंका छैन । म ‘खाएको थालमा चुठ्ने व्यक्ति’ कृतघ्न होइन ।

यहाँ मेरो कुलको परिचय त सुरुमै खनियाघाटको ‘शुक्लेश्वर मन्दिर’ को लेखबाट नै भैसक्यो जस्तो लाग्छ । धेरै लेखेर शोभा हुँदैन । अब मैले मेरो गुरुद्वाराको कुलको बारेमा अत्यन्त संक्षेपमा परिचय दिन उपयुक्त सम्झेँ । जुन विवरण यस प्रकार छ । भारतको अयोध्याधाममा (नेपालको चितवन जिल्लाको अध्योपुरीमा होइन) विद्याकुण्ड नामको एक प्राचीन स्थान छ ।

त्यहाँबाट दिक्षित भएका हजारौं शिष्यमध्ये एक भाइ श्री रघुथनाथदासजी हुनुहुन्थ्यो, जुन वहाँको तपस्याले अध्योध्यामा नै ‘बडीछावनी’ नामको आश्रम बनाउनुभयो, अहिले त्यसलाई अनन्त विभूषित कान्यकुब्जाचार्य श्रीस्वामी बाबा ‘श्री रघुनाथदासजीकी बडीछावनी’ भन्दछन् । जुन भारतभरी प्रसिद्ध छ, जहाँ त्यतिखेरदेखि नै दिनहुँ एक हजार जना साधु, सन्त र अन्य तीर्थयात्री गए पनि खान, बस्न पाइन्छ ।

त्यहाँ यो सन्न्यासी, यो बैरागी, यो धनी, यो गरिब कुनै भेदभाव हुँदैन । ‘श्रीगलेश्वर क्षेत्र विकास समिति’का कार्य समितिका महानुभावहरूले एक हजार जनाको जुलुस लिएर गएर जुनसुकै समयमा ‘बडीछावनी’को परीक्षा गर्न सक्नुहुनेछ । त्यस ठाउँको वर्तमान्् ‘गद्दीनशिन पूज्य कान्यकुब्जाचार्य श्रीबाबा जगदीशदासजी महाराजजी’को शिष्य म हुँ ।

त्यस आश्रममा सुनका श्रीसीतारामजीका मूर्ति थिए । ती र अन्य करोडौँ मूल्यको सम्पत्ति असर्फी (स्वर्णमुद्रा) लुटेराहरूले लुटे पनि । तर मेरा परम श्रीपूजनीय गुरु महाराजजीले पुरानो दुई तले पूरै आश्रमलाई ‘जेसीबी’ मेशीनद्वारा भत्काई पुनः आधुनिक सुविधासम्पन्न भवन बनाउनुभएको छ भने २ वटा उत्तरीद्वार र पूर्वीद्वार (गेट) बनाउनलाई १६ करोडमा ठेक्का दिनुभएको छ । यो अयोध्यामा जाँदा जाँच्न वा अयोध्यामा रहने कुनै नेपाली महानुभावलाई यहाँका जनताले सोध्न सक्नुहुन्छ ।

भारतभर ‘बडीछावनी’को चर्चा हुन्छ । श्रीरघुनाथदासजीका अर्का एक गुरुभाइ ‘श्री स्वामी हाथीरामदास’ हुनुहुन्थ्यो । उहाँको नामको आश्रम ‘श्री स्वामी हाथीराम’ बाबा मठ, तिरुमुला, बालाजी (आन्ध्रप्रदेश) हो । उहाँ ‘बालाजी भगवान्’को मन्दिरको महन्त हुनुहुन्थ्यो, उहाँको निवासमा ‘श्रीबालाजी भगवान्’ उहाँसँग पासा खेल्न आउनुहुन्थ्यो ।

यो ‘श्रीबालाजी भगवान्’को मन्दिर संसारको सबैभन्दा धनी मन्दिर हो । उहाँ महन्त हुनुहुन्थ्यो वा थिएन ? पासा खेल्न भगवान् आउनुहुन्थ्यो वा थिएन ? बालाजी जाँदा उहाँको समाधिस्थलमा आन्ध्र्रप्रदेश सरकारले उहाँको बारेमा जानकारी गराएको छ । यो मन्दिर पछि आन्ध्रप्रदेश वा भारत सरकारले राष्ट्रियकरण गरेको हो ।

फोनद्वारा बुझ्न कसैले चाहेमा ‘हाथीराम बाबा’ मठका वर्तमान्् पूज्य महन्त ‘श्रीअर्जुनदासजी’ र पुजारीजीको मोबाइल नम्बर म दिनसक्छु । यस्तै अर्का १ महापुरुष गुरुभाइ हुनुहुन्थ्यो, ‘श्रीलक्ष्मीनारायण मठ मटिहानी’, महोत्तरी जिल्ला । जहाँबाट श्रीसीतारामजीसहितको शुभविवाहमा विवाहमण्डप बनाउन जनक महाराजजीले माटो ल्याउनुभएको थियो । उहाँ हुनुहुन्थ्यो ‘मटिहानी पीठस्य सिद्ध महात्मा रामलाला’, उहाँ गंगास्वरूपा विरजा नदीको तटमा वि.सं. १७५१ को समयमा साधनारत हुनुहुन्थ्यो ।

यो ‘श्रीलक्ष्मीनारायण मठ’मा ७ पुस्तासम्म (रामलाला) सहित उहाँका शिष्य गद्दीनशिन हुनुभयो भने सातौँ पुस्ताका परमपूज्य महन्त श्रीरामशरणदाससँग त्यतिखेरका त्यहाँका राजासँग उहाँको कुरामा ¥याङ्ठ्याङ् नमिलेर त्यो वैभव चटक्कै छोडेर विहार गै पुनः अर्को विशाल स्थान बनाउनुभयो ।

त्यसपछि ‘श्रीचतुर्भुजी’ सम्प्रदायका वैष्णव भक्त त्यो स्थानमा मठाधिश हुन पुग्नुभयो । वर्तमान्् कालमा १२औँ पुस्ताका श्रीपरमपूज्य महन्त श्रीजगन्नाथदासजी हुनुहुन्छ । यो मन्दिर तत्कालीन नेपाल सरकारले पहिले नै (मिति थाहा भएन) राष्ट्रियकरण गरेको छ र नेपालको सबैभन्दा ठूलो राजगुठी भएको मन्दिर पनि शायद यही हो ।

१२औं पुस्ताको यो जानकारी ‘मटिहानी महिमा’ नामक पुस्तक लेखक चन्द्रशेखर उपाध्याय, प्रकाशक ‘श्रीलक्ष्मीनारायण मठ’, मटिहानी, महोत्तरीबाट जानकारी प्राप्त गरेको हुँ । यो कुरा सत्य हो, होइन कसैलाई जाँच–पडताल गर्न मन लागे वर्तमान्् पूज्य म. महाराजजी श्रीजगन्नाथदासजीको मोबाइल नम्बर म दिन्छु जाँच्न सक्नुहुनेछ । सोही ठाउँमा वि.सं. १७७५ मा स्थापना भएको ‘याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ’ पनि छ ।

यी माथि उल्लेख गरिएका कारण लेख्नुको तात्पर्य कुन व्यक्ति वा संघसंस्था वा मठ मन्दिरको कति सम्पत्ति छ भन्नुमा कुनै अर्थ रहँदैन, त्यो मठमन्दिरमा मठमन्दिरको हैसियत–अनुरूप साधुसन्तको सेवा भएको छ, छैन ? भन्ने मुख्य हुन्छ ।

मसँग मेरो प्रारब्धअनु्सार धनसम्पत्ति नभए पनि म कुन गृहस्थ तथा साधुकूलको मान्छे हुँ सबैलाई प्रष्ट थाहा नै भयो । म गरिब भए पनि मेरो मन नेपालका धनाढ्य श्रीमाननीय विनोदकुमार चौधरीज्यूको भन्दा पनि धनवान् छ ।

अब मैले पहिला नै उल्लेख गरेको, ‘म खाएको थालमा चुठ्ने व्यक्ति’ कृतघ्न होइन भनेर भनेको छु । यसकारण गलेश्वर मन्दिरको अन्नक्षेत्रमा सञ्चालित भोजन (प्रसाद), वृद्धाश्रम तथा बटुकहरूको पठनपाठन सबै स्वागतयोग्य नै छ ।

मन्दिरका अन्य भवन पनि झकीझकाउ नै छन् तर मेरो स्वभाव र गुणले म त्यस स्थान वा व्यक्तिहरूको ऋणी भएँ भनेर चुप रहेमा त्यो स्थानको मर्यादा घट्ने हुँदा जसरी सतीदेवीले सीताको रूप धारण गरेपछि शिवजी भगवान्ले परित्याग गरेको खुलासा गर्नुभयो ।

नगरेका भए पनि हुन्थ्यो के हामीले थाहा पाउँदथ्यौं ? त्यसै गरी एउटा अत्यन्त अप्रिय कार्य भएकोले सुझावको बारेमा खुलासा र सुझाव ‘श्रीगलेश्वर क्षेत्र विकास समिति’का सम्पूर्ण कार्य समितिका महानुभावहरूलाई दिन चाहन्छु । यी दुईटा उदाहरण यस्ता छन् कि ‘रामचरितमानस’ कथा भन्ने समयमा काकभुशुण्डीजीले श्रीगरुडजीलाई उत्तरकाण्डको दोहा ७४

(क) मा भन्नुहुन्छ –
‘जदपि, प्रथम दुख पावइ रोवइ बाल अधीर ।
ब्याधि नास हित जननी गनति न सो सिसु पीर’ ।। ७४।। (क)
अर्थ– यद्यपि बच्चा पहिले (खटिरा फुटाल्ने समयमा) दुःख पाउँछ र अत्तालिएर रुन्छ तर पनि रोगको नाशको लागि उसको पीडालाई आमाले केही वास्ता गर्दिनन् । (उसको वास्ता नगरेर खटिरा (पिलो)लाई फुटालेर र निचोरेर नै छोड्दछिन् । ‘श्रीरामचरितमानस’को सुन्दरकाण्डको दोहा ३७ मा रावणका मन्त्रीहरूले यस्तो गलत सल्लाह दिइरहेका छन् कि–
दो. ‘सचिव, बैद गुर तीनि जौं प्रिय बोलहिं भय आस ।
राज धर्म तन तिनि कर होइ बेगिहीं नास’ ।। ३९।।
अर्थः मन्त्री, वैद्य र गुरु यी तीनले यदि ृअप्रसन्नतो भय या ृलाभकोे आशाले ृहितको कुरा नभनेरे चोचो (चाप्लुसी) पारेर बोल्दछन् भने ृक्रमशःे राज्य, शरीर र धर्म– यी तीनवटैको शीघ्र नै नाश हुन्छ । यस कारणले आमा, वैद्य, मन्त्री र गुरुले दिनुपर्ने (गर्नुपर्ने) कार्यको बारेमा निम्नानुसारको सुझाव दिन चाहन्छु, जो पहिला अप्रिय भए पनि पछि प्रिय हुन्छ ।
(१) यस्तो अनादि ‘श्रीगलेश्वर बाबा’को मन्दिर वा आश्रममा कि ५–७ लाख तिरेर कोठा बनाएपछि बस्न पाइने कि मासिक ३ हजार भाडा तिरेर बस्न पाइने ‘श्रीगलेश्वरबाबा’को ठाउँमा अभ्यागत साधुसन्तलाई कम्तीमा ५० जनाले आसन (बिस्तरा) लगाउँन पुग्ने १–१ वटा आलमारी भएको ‘हल’ हुनुपर्नेमा १ जनाले आसन लगाउने ठाउँ पनि छैन । अघोरपन्थीलाई ८–१० जना अट्ने बेग्लै सन्त–निवास हुनुपर्दछ । मैले त्यहाँ जडभरत आधारभूत विद्यालयका गुरुजी चिरञ्जीवी आचार्यज्यूलाई प्रश्न राख्दा मलाई त के भन्नुहुन्छ ? म शिक्षक हुँ, हुनुपर्ने त हो सन्त निवास ! जगद्गुरु र ठूला स्वामी आउँदा यात्री निवास (रकमवाला यात्री निवास) सँगै कोठा छ, साना (भुसुना) साधुलाई छैन भन्नुभयो (यो उहाँको कमजोरी होइन) । मैले समितिका महानुभावहरूलाई प्रश्न राख्न चाहन्छु कि के परमपूज्य ठूला जगद्गुरु र स्वामीहरू मात्रै ‘गलेश्वरबाबा’का भक्तहरू हुनुहुन्छ ? अरू भुसुना साधु सन्त बाबाका भक्त होइनन् ? कुन सन्त भु्सुना जत्रा हुन् र कुन हात्ती जत्रा हुन् ? चिन्न सक्नुहुन्छ ? यसरी हामी नै जान्ने छौँ भन्ने ? अन्नक्षेत्रमा प्रसाद (भोजन) खाएर बाहिर कटहरको वृक्षमुनि आसन लगाउनुहोस् भनेर भन्ने ? के हजुरहरूले ‘श्रीमुक्तिहारी राधाकृष्ण मन्दिर, श्रीराममन्दिर’ र ‘श्रीगायत्री मन्दिर’ आदिमा सन्त निवास छ, छैन ? के त्यहाँ ३ हजार भाडा माग्छन् या माग्दैनन् थाहा छैन हजुरहरुलाई ? साथै नेपाल र भारतका अन्य ठाउँको कुनै पनि आश्रममा सन्त निवास हुन्छन् भन्ने कुरा हजुरहरूले देख्नु तथा जान्नुभएको छैन ? हजुरहरू जुन ‘गलेश्वरबाबा’को अक्षयकोषमा यति–उति करोड जम्मा गर्न सक्यौं भनेर फुरुङ्ग पर्नुभएको छ र अहंकारले बुरुकबुरुक उफ्रनुभएको छ जस्तो मेरो मनले अनुमान गरेको छ । त्यो ठूलो कुरो होइन

। त्यो भन्दा धेरै १६ करोड भा.रु.को २ वटा प्रवेशद्वार बन्न लागेको मेरो आश्रमको कुरा हजुरहरूलाई जानकारी पहिला नै गराइसकेँ । जुन नेपालका श्री परमपूज्य जगद्गुरुज्यूहरू हुनुहुन्छ । सबै सम्प्रदायका उहाँहरूलाई मैले भन्दा हजुरहरूले धेरैलाई चिन्नुभएको छ, उहाँहरूलाई सोध्नुहोस् ।

हजुरहरू आउँदा श्रीजगद्गुरु निवास छ, भुसुना साधु–सन्त आउँदा यहाँ व्यवस्था छैन भन्नुहोस् । उहाँहरूले के जवाफ दिनुहुन्छ ? यस कारणले आजसम्म जेजस्तो भूल भयो, त्यसलाई दिलैदेखि स्वीकार गरेर कम्तीमा ५० जना अभ्यागत साधुलाई आसन लगाउने व्यवस्था, ४–५ कोठा २–४ महिना वा त्यो भन्दा धेरै समय साधना गर्छु भन्ने साधु–सन्तलाई आरक्षित कोठा बनाउनुहोस् । जसरी १० नं. पूर्णाङ्कमा विद्यालयमा गुरुजी तथा गुरुआमाहरूले कुनै विद्यार्थीको प्रश्नपत्रको उत्तर जाँच्दा कुनैलाई ०, २, ५, ७, ८ यसरी नम्बर दिनुहुन्छ, यसरी नै कुन साधु कस्तो हो भनेर जाँच्न सक्ने क्षमता के हजुरहरूमा छ र ? ठूलासाना सबै साधुसन्तले शरण पाउनुपर्छ । ‘गलेश्वरबाबा’को प्राङ्गणमा कसैले मदिरा सेवन गछर्, कुनै कृदृष्टि गर्छ, चोरी आदि गर्छ भने त्यस्तालाई तुरुन्तै निकाल्नुपर्छ, यसमा केही विवादै छैन ।

यसको साथै यस ‘कालीगण्डकी कोरिडोर मार्ग’ पिच भैसकेपछि नेपालका विभिन्न जिल्ला र भारतबाट तथा चीनबाट साधु–सन्त, तीर्थयात्री, भिक्षुक तथा अन्य पर्यटकहरू आदि हजारौं मुक्तिनाथ, दामोदरकुण्ड, कपिलवस्तु तथा यस क्षेत्रका अन्य तीर्थस्थान तथा हिमशृङ्खलाको दर्शन तथा भ्रमण गर्न आउने कुरा प्रति हजुरहरू अनभिज्ञ हुनुहुन्न जस्तो लागेको छ । यसैले कम्तीमा एक हजार जनाले आसन–बिस्तरा लगाउन पुग्ने एउटा भवन सम्भव नभए २–३ तले बनाएर भएपनि बनाउन आवश्यक देख्दछु । यसको साथै ‘श्रीमुक्तिहारी राधाकृष्ण मन्दिर’मा बनिसकेका छन् ।

‘श्रीराममन्दिर र गायत्री मन्दिर’मा पनि सम्भव भएसम्म हुने नै छन् तथा यहाँका सचेत र सुचतुर विभिन्न महानुभावहरू यस क्षेत्रमा आधुनिक सुविधा सम्पन्न होटल खोल्ने सोचमा पनि पक्कै हुनुहुन्छ । त्यसपछि मात्र विभिन्न साधुसन्त, तीर्थयात्री स्वदेशी तथा विदेशी पर्यटकको चापलाई थेग्न सकिन्छ । ‘श्रीराममन्दिर र गायत्री मन्दिर’ जस्ता कम आम्दानी भएका मन्दिरमा समेत कसरी बसोबासको व्यवस्था गर्न सकिन्छ ? स्थानीय सरकारले पनि सोच्न जरूरी देख्दछु ।
(२.)) २०५५÷२०५६ सालतिर म अयोध्याबाट काशी गएको थिएँ । मणिकर्णिका घाटनेर एक जना भारतीय व्यक्तिले रेडियो बजाइरहेका थिए र बिहान नेपाली नौ बज्नै लागेको थियो । त्यसपछि ए भाइ ५–७ मिनेट नेपाली खबर सुन्दछु भनेर रेडियोको बैण्ड परिवर्तन गरी ‘रेडियो नेपाल’ सुनेँ । खबर सुन्दा संयोगले नेपालको म्याग्दी जिल्लाको ‘श्रीगलेश्वरधाम’को पुरानो प्राचीन मन्दिरलाई भत्काई आधुनिक ‘मोडेल’मा ……

पराजुलीले २० लाख रकम सहयोग गरी नयाँ बनाइयो भनेको खबर रेडियोबाट सुन्दा हर्षले गर्दा मेरो शरिर रोमाञ्चित भएको थियो । त्यतिखेर ५ लाख वा १० लाख दान गरेमा मा.वि.को नाम परिवर्तन हुन्थ्यो । २० लाख रकम सामान्य दान होइन । यसैले मापदण्ड ५ लाख वा कति लाखबाट बनाउने हो । हजुरहरूले बनाउनुहोस् । जति पनि ठूला रकम दान गर्ने दानवीर हुनुहुन्छ, उहाँहरूको प्रतिमा बनाउनुहोस्, पूर्णकद, अर्धकद आदिको र कुन धातु वा सिङ्गमरमरको बनाउने हो त्यो पनि हजुरहरूले नै निर्णय गर्नुहोस् ।

जुन शिलालेखमा नाम लेखिएको छ त्यो सबै दर्शनार्थीले हेर्दैनन् र हेर्ने फुर्सद पनि हुँदैन, जुन लेख्नुभएको छ स्वागतयोग्य त छँदैछ । यस दानवीरहरूको प्रतिमाहरूलाई मन्दिरमा आएका सबैले हेर्ने नै छन् र यसको प्रभावले अरू नयाँ दानवीरहरूलाई विशेष प्रकारले प्रभावित पार्नेछ र रुपैयाँ ‘मनिब्याग’ र झोलामा नअटेर बोरामा आउनेछन् । यहाँ यस्तो सोच मेरो छ । कुनै पनि प्रतिमा राख्ने दानवीरलाई रकम नमाग्नुहोस्, हालसालै खिचिएको फोटो उपलब्ध गराइदिनुहोस् मात्र भन्नुहोस् ।

सुरुमै …….. पराजुली भन्ने व्यक्तिको प्रसङ्ग उल्लेख गरेको कारण उहाँ हुनुहुँदोरहेछ, म्याग्दी जिल्ला, पात्लेखेत निवासी र धेरै वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आउनुभएका श्रीराधाकृष्ण शर्मा पराजुलीज्यू उक्त कुरा ‘धवलागिरिका साँस्कृतिक सम्पदा’ नामको पुस्तकको ‘गलेश्वरधामको बालाचतुर्दशी पर्वले पशुपतिनाथको धीत मार्छ’ भन्ने लेखबाट मलाई जानकारी भयो । यसैले उहाँजस्ता व्यक्तिको सपरिवारकै प्रतिमा राख्न मेरो विचारमा उचित लाग्छ । यसको साथै रामायणमा प्रसङ्ग आउँछ, कछुवाले अण्डा तोप्दैन एक ठाउँमा अण्डा पार्छ र टाढा नै बसी अहोरात्र उसको चिन्तन गर्छ ।

त्यही चिन्तनले तापक्रम पुगेर अवधि पुगेपछि कछुवाको बच्चा त्यो अण्डाबाट निस्कन्छ । त्यसैगरी पं. श्री भीमनाथ पराजुलीज्यूको ‘गलेश्वर’मा विशेष योगदान छ भन्ने कुरा मैले जानेको थिएँ र अहिले ५ महिनामा त यही भएकोले आफ्नै नजरले देखें पनि अहोरात्र नै मन्दिर वा अन्नक्षेत्रमा दृष्टि दिएको मैले देखें । उहाँलाई कसरी सम्मान गर्ने भन्ने कुरा पनि हजुरहरूले सामूहिक निर्णय गर्ने कुरा हो । यदि यस्तो योग्य हुनुहुन्न अरू कमजोरी छन् भने ती हजुरहरूले जान्ने कुरा हुन्, मेरो एकतर्फी दृष्टिले यही ठम्यायो ।

(३) ‘श्रीरामचरितमानस (तुलसीदासकृत रामायण)’ मा बालकाण्डको दोहा ३४ को चौपाई नं. ६ मा गोस्वामीश्री तुलसीदासजी भन्नुहुन्छ–
‘रचि महेस निज मानस राखा । पाई सुसमउ सिवासन भाषा ।।
तातें रामचरित मानस बर । धरेउ नाम हियँ हरषि हर ।।’
अर्थ– श्रीमहादेवजीले यसलाई रचना गरेर आफ्नो (मानसरोवररूपी) मनमा रचना गरेर राख्नुभएको र सुअवसर पाएर पार्वतीजीसँग भन्नुभयो । यसैले शिवजीले यसलाई आफ्नो हृदयमा हेरेर र परम प्रसन्न भएर यसलाई सुन्दर ‘रामचरितमानस’ नाम राख्नुभयो ।

त्यसपछि जगतमा क्रमशः यसको प्रचार भयो । यहाँ यो उदाहरण दिनुको उद्देश्य यो हो कि जस्तो प्रकारले कुनै कवि वा गीतकारलाई ‘टेलिभिजन वा रेडियो’का सञ्चारकर्मीले तपाईँले रचेको वा गाएको गीत वा कवितामा सबैभन्दा उत्कृष्ट कुन लाग्छ भनेर भन्दा यो कविता वा गीत हो भन्दै अत्यन्तै प्रफुल्ल भएर गाउँछन् ।

त्यस्तै प्रकारले श्रीशिवजी भगवान्ले रचेको र गाएको यो ‘रामायण’लाई ठूलो भवन बनाई त्यसमा मार्बलको शिलामा लेखी ‘श्रीरामचरितमानस वा रामायण भवन’ नामाकरण गरी बनाउन सकेमा गलेश्वरबाबा हामीहरूप्रति कति प्रसन्न हुनुहुन्छ होला ? हजुरहरू समितिका पदाधिकारीहरूले मनमा अनुमान गर्नुहोस् । यस्तो भएमा थप दर्शनीय सम्पदा समेतको श्रीवृद्धि हुन जान्छ । यस्तो कार्य गर्ने सोच भएमा सबै भक्तजनलाई सूचित गर्नुहोस्, १–१ मार्बललाई एक पन्ना मानेर सम्पूर्ण खर्च जोडी भाग गर्नुहोस्, १–१ पन्ना लेखाउने कैयौं भक्त आउनुहुनेछ अथवा पूरा ‘श्रीरामचरितमानस’ मैले नै लेखाउँछु भन्ने भक्त पनि आउन सक्नुहुन्छ । असम्भव केही छैन यो असम्भवको कुरा होइन ।

यो सबै लेख्ने जुन १ नं. सुझावमा बस्ने एक हजार जना सुत्न मिल्ने भवन बनाउन आवश्यक भनेर भनेको छु, त्यही भवनमा श्रीकाकभुशुण्डिजी, श्रीगरुडजी, श्रीतुलसीदासजीको प्रतिमा, दानवीरहरूको प्रतिमा, सन्त निवास, तीर्थयात्री निवास, यी सबै कुरा कुन प्रतिमा कहाँ राख्ने भन्ने कुरा पहिले नै सोचविचार गरेर योजना बनाउनुपर्छ । ‘श्रीरामचरितमानस’ त भवनको भित्तामा शिलामालेखी राख्ने हो । यस्तो भयोभने यहाँको शोभा वा गरिमा अझै बढ्ने मैले ठानेको छु, विचार हजुरहरूकै हो ।

अब मैले यो लेख लामो हुने भएता पनि श्रीराम भगवान्ले भन्नुभएको श्री शिवजी भगवान्ले रच्नुभएको श्रीपार्वती माताजीलाई भनेर क्रमशः जगतमा फैलिएको र गोस्वामी श्री तुलसीदासजीले भाषाबद्ध गरेको ‘श्रीरामचरितमानस’ उत्तरकाण्डको अन्तिम संस्कृतको १ नं. श्लोक उल्लेख गर्न चाहन्छु ।
श्लोक–
‘यत्पूर्वं प्रभुणा कृतं सुकविना श्रीशम्भुना दुर्गमं
श्रीमद्रामपदाब्जभक्तिमनिशं प्राप्त्यै तु रामायणम् ।
मत्वा तद्रघुनाथनामनिरतं स्वान्तस्तमः शान्तये
भाषाबद्धमिदं चकार तुलसीदासस्तथा मानसम् ।।१।।’
अर्थ– सर्वश्रेष्ठ कवि भगवान् श्रीशङ्करले पहिला जुन दुर्गम मानस रामायणको, श्रीरामको चरणकमलमा नित्य–निरन्तर (अनन्य) भक्ति प्राप्ति गर्नको लागि रचना गर्नुभएको थियो, त्यस मानसरामायणलाई श्रीरघुनाथजीको नाममा निरत (तल्लीन भएको) मानेर आफ्नो अन्तःकरणको अन्धकारलाई मेटाउनको लागि तुलसीदासले यसलाई मानसको रूपमा भाषाबद्ध ग¥यो ।।१।।
यसैको आधारमा २ वटा श्रीशंकरजीले रच्नुभएको, श्रीतुलसीदासजीले भाषाबद्ध गर्नुभएको दोहाको प्रमाण ३ वटा र २ चौपाईको प्रमाण यहाँ उल्लेख गर्न चाहन्छु ।

सर्वप्रथम ‘मुखिया’ कस्तो हुनुपर्छ भन्ने तथा दोस्रोमा शरणागतीको महङ्खव र तेस्रोमा चौपाईको प्रमाण यहाँ प्रस्तुत गर्न चाहन्छु । अयोध्याकाण्डको दोका ३१५ मा श्री भरतजी सहितका अयोध्याबासी चित्रकूट पुगेर भरतजीलाई अयोध्या गएर प्रजालाई सुखी बनाएर यसरी शासन गर भनेर भगवान् श्रीरामले उपदेश दिनुहुन्छ कि –
दोहा– ‘मुखिया मुखु सो चाहिऐ खान पान कहुँ एक ।
पालइ पोषइ सकल अँग तुलसी सहित विवेक ’ ।।३१५।।
अर्थ– तुलसीदासजी भन्नुहुन्छ– ृश्रीरामले भन्नुभयोे मुखिया मुखको समान हुनुपर्छ, जसको खानपान त एक्लै छ, परन्तु विवेकपूर्वक सबै अङ्गलाई पालनपोषण गर्दछ ।।३१५।।
चौपाई– ‘राजधरम सरबसु एतनोई । जिमि मन माहँ मनोरथ गोई’ ।। दोहा ३१५।।१ चौपाई
अर्थ– राजधर्मको सर्वस्व (सार) पनि यति मात्रै हो, जसरी मनभित्र मनोरथ लुकेको हुन्छ । अनि योभन्दा पहिल्यै दोहा ३०६ मा यसरी भरतजीलाई उपदेश गर्नुभएको छ कि–
‘सेवक कर पद नयन से मुख सो साहिबु होइ ।
तुलसी प्रीति की रीति सुनि सुकबि सराहहिं सोइ’ ।।३०६।।

अर्थ–सेवक हात, गोडा र नेत्रसमान हुनुपर्छ र स्वामी मुखको समान हुनुपर्छ । तुलसीदासजी भन्नुहुन्छ कि सेवक स्वामीको यस्तो प्रीतिको रीति सुनेर सुकवि उसको प्रशंसा गर्दछन् ।३०६। यसको व्याख्या यस प्रकारको छ र यिनी दुईवटै दोहा र व्याख्याको अर्थ गीताप्रेस, गोरखपुरबाट प्रकाशित, नेपाली ‘श्रीरामचरितमानस’बाट उद्धृत गरिएको छ ।

व्याख्या– (१) यो रूपकबाट यो पनि ध्वनित (प्रकट) हुन्छ कि जसरी मुख हातदेखि कहिल्यै अलग हुन सक्दैन, त्यस्तै प्रकारले म र तिमी पनि कहिल्यै अलग हुन सक्दैनौं । मेरो र तिम्रो साथ निश्चित छ । (२) भाव यो हो कि जुन प्रकारले मुखले सबै योग्य पदार्थ खान्छ र जुन अङ्गलाई जुन चीज आवश्यक पर्छ ।

उसैको अनुसार त्यस अङ्गलाई रस दिन्छ तथा हात, गोडा र आँखाले पनि कुनै विपत्ति आउँदाखेरि पहिले नै सहायक हुन्छन्, ठीक त्यस्तै प्रकारले सेवक र स्वामी पनि हुनुपर्छ, तब सबै जनाले उनीहरूको प्रशंसा गर्दछन् र सबै कार्य ठीक हुन्छ । हे भरत ! तिमी राजा भएर यही नीतिलाई पालन गर्नू । (३) आँखाले देख्दछन् कि यो वस्तु संग्रहयोग्य छ, अनि गोडा हिंडेर त्यहाँसम्म पुग्छन् ।

हातले त्यस पदार्थलाई ल्याएर खानयोग्य बनाएर मुखलाई दिन्छन् । मुखले खान्छ तर स्वाद मात्र लिएर त्यस पदार्थलाई सर्वाङ्गयोग्य बनाएर हात, गोडा, आँखा आदि सबै अङ्गहरूलाई रस रूपले यथायोग्य बाँडेर तिनलाई पुष्ट गर्दछ, स्वयंले राख्दैन । (४) यहाँ देखाइएको छ कि राजा र प्रजाको सम्बन्ध र व्यवहार कस्तो हुनुपर्छ । सेवकविमा स्वामीको काम चल्न (हुन) सक्दैन ।

हात, गोडा, आँखा भएनन् भने मुखमा खाना कसरी पुग्छ र मुख नभएमा हात आदि अङ्गहरूमा रस कसरी पुग्ने ? सेवकसँग सेवा लिने र उसलाई उनको नै पालनपोषणमा लगाउने । प्रजासँग कर लिने र स्व्यं नहडप्ने, उसलाई प्रजाको काममा लगाइदिने ।

हात, गोडा र आँखाले मुखसँग कपट राख्दैनन् र न मुखले यिनीहरूसँग, यो प्रीतिको रीति हो । परस्परमा यस्तो नै प्रीतिको व्यवहार सेवा र स्वामीमा हुनुपर्छ ।

एकअर्कासँग कपटी व्यवहार गर्नुहुँदैन । त्यसपछि सुन्दरकाण्डको दोहा ४३ मा विभीषणले रावणलाई त्याग गरेर श्रीरामसँग आउँदा श्रीरामले बाँदरराज सुग्रीवसँग सल्लाह माग्नुहुन्छ कि के गर्न ठीक हुन्छ ? त्यसपछि सुग्रीवले भन्दछन् कि यो शत्रुको भाइ हाम्रो भेद लिन आएको छ,

यसलाई बाँधेर राख्नुप¥यो, यहाँ श्रीरामको भनाइभन्दा पहिला मेरो भनाइ राख्दछु कि ‘शरणको मरण गर्नुहुँदैन, लडाईंमा पनि आत्मसमर्पण गरेपछि हान्न, मार्न हुँदैन’ भन्ने कुरा र ‘श्रीमद्भागवत गीता’को अध्याय १८ को श्लोक ६६ मा भगवान् श्रीकृष्णले अर्जुनजीलाई भन्नुभएको कुरा –
‘सर्वधर्मान्परित्यज्य मामेकं शरणं ब्रज । अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः’ ।

अर्थ–सम्पूर्ण धर्महरूलाई अर्थात् सम्पूर्ण कर्तव्यकर्महरूलाई मलाई त्यागेर तिमी केवल एक म सर्वशक्तिमान्, सर्वाधार परमेश्वरको नै शरणमा आऊ । मैले तिमीलाई सम्पूर्ण पापहरूबाट मुक्त गर्नेछु, तिमी चिन्ता नगर । यिनी कुराहरू सबै जगत्ले जानेका छन् । तर पनि कुरा यिनै हुन् र यस दोहाभित्र कैयौं शरणागतको महङ्खवका रहस्य लुकेका छन् । श्रीरामले भनेको दोहा यस प्रकारको छ –
दो– ‘सरनागत कहुँ जे तजहिं निज अनहित अनुमानि ।
ते नर पाँवर पापमय तिन्हहि बिलोकत हानि’ ।।४३।।
अर्थ– ृश्रीरामले फेरि भन्नुभयो–े, जुन मनुष्य आफ्नो अहितको अनुमान गरेर शरणमा आएकालाई त्याग गर्छ, ऊ पावर (क्षुद्र) हो, पापमय हो≤ उसलाई हेर्दा नै हानि हुन्छ । (पाप लाग्छ) यस दोहाभित्र कैयौं दृष्टान्तका रहस्य छन् तापनि श्रीरामले भन्नुभएको परेवाको एउटा दृष्टान्त दिन चाहन्छु र यो दृष्टान्त गीता प्रेस, गोरखपुरबाट प्रकाशित हिन्दी भाषाको मानस–पीयूषबाट उद्धृत गरेको छु ।

नोट–२ निज अनहित ‘अनुमानी’ भनेर जनाइयो कि आफ्नो अहित हुन्छ भने पनि शरणागतलाई त्याग गर्नुहुँदैन, केवल अहितको शङ्काको त कुरा नै के ? उसलाई ग्रहण गर्नलाई हित अनहितको विचार गर्नु नै हुँदैन । विनाविचार शरणागतलाई कदापि त्याग गर्नुहुँदैन । यस सम्बन्धमा श्रीरामले सुग्रीवजीलाई एउटा इतिहास भन्नुभयो – एउटा व्याधाले वनमा एउटी परेवी (पोथी परेवा) लाई समात्यो, यही समयमा घनघोर वर्षा भयो ।

व्याधा भोक र शीतले अत्यन्त व्याकुल हुँदै उही वृक्षमुनि आयो जहाँ त्यो परेवा रहन्थ्यो, जसको पत्नीलाई उसले पहिले नै समातेको थियो । परेवा आफ्नो शरण (घर)मा आएको त्यो शत्रुलाई शीतले आर्त देखेर सुकेका झिँजा (छेस्का)को गुँड खसालेर र कहींबाट आगो र अरू झिँजा ल्याएर उसको शीत निवारण गरेर फेरि उसको क्षुदा (भोक) निवारणार्थ स्वयं अग्निमा फराल्यो । ‘यथा–श्रूयते कि कपोनेत शत्रुः शरणमागतः ।

अर्चितश्च यथान्यायं स्वैश्च मांसैर्निमन्त्रितः ।’ (वाल्मी. ६।१८।२४) । यो इतिहास भनेर श्रीरामजीले भन्नुभयो कि जब एउटा पक्षीले शरणमा आएको आफ्नो भार्यालाई मार्ने शत्रु व्याधालाई निरादर नगरेर उल्टै उसको सम्मान नै ग¥यो तब मनुष्य भएर मैले शरणमा आएको शत्रुलाई कसरी त्याग गर्न सक्छु ?

यसपछि श्रीकाकभुशुण्डीजीले हाम्रै देशको म्याग्दी र मुस्ताङ जिल्लाको सीमानामा भएको नीलगिरि हिमालमा रामायण सुनाउनुहुन्छ र त्यहाँ शिवजी उत्तरकाण्डको दोहा ६१।१ चौपाईमा गरुडजीलाई बताउनुहुन्छ–
‘मिलहिं न रघुपति बिनु अनुरागा । किएँ जोग तप ग्यान विरागा ।।
उत्तर दिसी सुंदर गिरि नीला । तहँ रह काकभुसुंडी सुसीला’ ।।

अर्थ–विनाप्रेम केवल योग, तप, ज्ञान र वैराग्यादिले श्रीरघुनाथलाई प्राप्त गर्न सकिँदैन । ृअतएव तिमी सत्सङ्गको लागि त्यहीं जाउँ, जहाँे उत्तरदिशामा एउटा सुन्दर नील पर्वत छ । वहाँ परम सुशील काग भुशुण्डिजी रहन्छन् । यसरी शिवजीले बताएपछि गरुडजी उहाँ जाँदा एक आवृत्ति रामायणको कथा पूरा भएर पुनः अर्को आवृत्तिको कथा सुरु हुन नै लागेको बेलामा गरुडजी त्यहाँ पुगेपछि कुशल, मंगल दुवैतर्फबाट भएपछि पुनः गरुडजी सहित सबै पन्छीलाई रामायण सुनाउँदै जाँदा दोहा ८३ को चौपाई नं. ३ मा भन्नुहुन्छ–्
‘भगति हीन गुन सब सुख ऐसे । लवन बिना बहु बिंजन जैसे ।।
भजन हीन सुख कवने काजा । अस बिचारी बोलेउ खगराजा’ ।।
अर्थ– भक्तिबाट रहित सबै गुण र सबै सुख उस्तै प्रकारले अलिनु (बिलिनु, खल्लो) हुन्छ, जस्तो प्रकारले नुनविनाको धेरै प्रकारका भोजनका पदार्थ, भजनविनाको सुख के काम को ? हे पक्षिराज ! यस्तो विचार गरेर मैले भनेँ– यस्तै प्रकारले रामायण भन्दै जाँदा दोहा ११३ को चौपाई नं. ५ मा भन्नुहुन्छ –
‘हरष सहित एहिं आश्रम आएउँ । प्रभु प्रसाद दुर्लभ बर पायउँ ।।
इहाँ बसत मोही सुनु खग ईसा । बीते कलप सात अरु बीसा’ ।।
अर्थ– म हर्षसहित यस आश्रममा आएँ । प्रभु श्रीरामको कृपाले मैले दुर्लभ वर प्राप्त गरें । हे पक्षिराज ! म यहाँ बस्न लागेको (थालेको) सत्ताइस कल्प बिते ।
अन्त्यतिर श्रीगलेश्वर बाबालाई चढाएको बिन्तीपत्र मार्फत् अर्को गलेश्वरक्षेत्रबाट भिन्न कुरा के राख्न चाहन्छु भने यसमा राजनीति कसरी गर्ने ? कसको लागि र किन गर्ने ? भन्ने ‘मुखिया मुखु सो’…..’ र ‘राजधरम सरबसु एतनोई’ मा रामराज्यको परिभाषा छर्लङ्ग भयो ।

यस्तो रामजीको नीति भएता पनि हाम्रो देशमा सुरुदेखि नै कस्तो राजनीति राजनेताज्यूहरूले गर्नुभएको छ ? यो पार्टी र त्यो पार्टी भन्नै पर्दैन । ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेझैं छन् र लगभग ३ करोड नेपाली जनताले भोगेको र देखेको राजनीति हो तथा अहिलेको वर्तमान्् समयमा त भन्न र लेख्न नै मैले किन प¥यो र जनता हरेक क्षेत्रबाट पीडित तथा भुक्तभोगी भएर निराश छन् ।

सत्र पटक प्रतिनिधिसभामा प्रधानमन्त्रीमा बहुमत जुटाउन नसक्नेले पनि प्रधानमन्त्री हुने आशा त्याग गर्नुभएको छैन भने कसैलाई ७ पटक प्रधानमन्त्री हुने आशीर्वाद ज्योतिषीले दिएकाछन्, सम्भावना पनि हुन लाग्यो । अरू पार्टीका राजनेता उपप्रधानमन्त्री तथा मन्त्री नभई बस्न नै सक्नुहुन्नथ्यो । ३ वर्षदेखि मन्त्री पदमा बस्नलाई थन्किनुभएको थियो । तर अब उहाँहरूको भाउ जसरी दसैँ तिहारमा सामानको मोल बढ्छ, त्यसरी नै मोल बढ्न लागेको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी’ हाल ‘एमाले’ र ‘माओवादी पार्टी’को अहोरात्रको गाईजात्रा विश्वसमुदायले देखेकै छन् । नेता कात्र्तिकमा पाकेको धान (पोटीलो) जस्तो भएका छन् भने जनता टटेलोधान जस्तो भएका छन् ।

तपााईंहरूको मुक्तिको लागि, गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा आदि कैयौँ उद्देश्य परिपूर्तिका लागि हामी निरन्तर लडिरहन्छौं भन्न लाज मान्न छोड्नुभएको छैन, वडा कार्यालयदेखि शीर्ष नेतासम्मका राजनेताज्यूहरूले कसको लागि राजनीति गर्नुभएको छ ? जनता त्यति बेकुफ छैनन्, बुझेका छन् तर जनताले के गर्ने ? रामराम भनेर बस्नुबाहेक अर्को विकल्प छैन । चुनाव आउँछ, तपाईंहरूको लागि यति र उति सूत्रीय घोषणा–पत्र जारी गरेका छौँ, भन्नुहुन्छ । आदि–आदि कुराहरू ।

अन्त्यमा ‘श्रीगलेश्वरबाबा’को जुनाफामा चढाएको बिन्तीपत्र मार्फत् के बिन्ती गर्न चाहन्छु भने हजुर त सबै मानिस र प्राणीका मुखिया होइबक्सिन्छ, सबै प्राणी तथा धनी–गरिब भक्तका महादेव होइबक्सिन्छ के मैले माथि उल्लेख गरेका सुझावहरू अनुपयुक्त छन् ? के मैले उद्धृत गरेका दोहा, चौपाईको अर्थ, व्याख्याहरू झुटो प्रस्तुत गरेको छु ।

‘श्रीगलेश्वर बाबा’को जय होस् ! जय होस् !! जय होस् !!! भनी जो नेपालका विभिन्न ठाउँ र भारत वा अन्य देशबाट यहाँ आउने साधु सन्त वा तीर्थयात्रीले हजुरको मन्दिरमा शरण नपाउने, रुपैयाँ भए मात्र पाउने, हजुरलाई रुपैयाँ किन चाहियो ?

त्यो रकम खर्च गरेर गरिब साधु–सन्त वा तीर्थयात्रीको लागि उचित बसोबासको प्रबन्ध गरिँदैन भने हजुरको अस्तिङ्खव वा महङ्खव कसरी हुन सक्छ ? परेवाको दृष्टान्त हजूरले किन रचि बक्सियो, कर उठाएर समानुपातिक रूपले खर्च गरिएन भने सरकारले कर र मन्दिरमा दानको रकम किन उठाउने ?

हजुरको मन्दिरको वैभव नुनविनाको व्यञ्जन जस्तो अलिनो भएन र ? यसैले मैले पुनः अत्यन्तै जोडदार रूपले बिन्तीपत्र मार्फत् के बिन्ती गर्न चाहन्छु भने हजुरको मन्दिर वा आश्रमलाई सञ्चालन गर्ने कार्य समितिका महानुभावहरूलाई माथि उल्लेख भएका तीनवटै सुझावहरूलाई कार्यान्वयन गर्न र हाम्रो देशका सबै श्रीसम्मानीय, श्रीमाननीयदेखि श्रीआदरणीय सबै राजनेताहरूज्यूलाई ‘मुखिया मुखु सो….’

‘तुलसी सहित विवेक’ ‘राजधरम सरबसु एतनोई जिमि मन माहँ मनोरथ गोई’ को अनुसार राजनीति गर्नलाई सद्बुद्धि आओस् भनेर वरदान दिइबक्सियोस् भन्दै यो ‘श्रीगलेश्वर सरकार’को जुनाफमा बिन्तीपत्र चढाउँछु । इति सम्वत् २०७७ साल चैत्र ११ गते ४ रोज शुभम् ।
नोटः २०७७ चैत्र १४ गते अन्तिम संशोधन गरिएको ।
बिन्तीपत्र वाला
गलेश्वर सरकारको
अनन्य सेवक
केदारनाथदास

कुश्मा नगरपालिका–२, पाङ्ग–गौँडा
(खरिदारटोल), जिल्ला पर्वत ।
मो. ९८४७६४५५८२

Leave a Reply