निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले विद्यालय बन्द गर्ने सरकारको निर्णयमा असहमति जनाएको छ ।

आइतबार एक बिज्ञप्ति जारी गर्दै प्याब्सनले विद्यालय बन्द गर्नुको साटो अत्यावश्यक भए निश्चित क्षेत्रमा मात्रै बन्द गराउन र अन्य क्षेत्रमा उपयुक्त स्वास्थ्य सावधानी अपनाई शैक्षिक संस्थाहरु संचालन गर्न सहयोग गरिदिन सरकारसँग माग गरेको छ ।

२०७६ सालमा गरिएको बन्दाबन्दीे कोरोना भाइरस नियन्त्रणको उपाय हुन नसकेको प्रष्ट भइसकेको अवस्थामा पुन लकडाउन गर्नु उपयुक्त नहुने प्याव्सनले जनाएको छ ।

गत वर्षको बन्दाबन्दीले स्वास्थ्य क्षेत्र , आर्थिक क्षेत्र, राजनैतिक क्षेत्र, रोजगारीका क्षेत्रमा प्रत्यक्ष असर परेको भन्दै अब पुन: बन्दाबन्दी भए बामे सर्दै गरेको जनजीवन अस्तव्यस्त हुने बित्रप्तिमा जनाइएको छ ।

त्यस्तैगगरी प्याव्सनले १८ वर्ष भन्दा मुनीको बालबालिकाहरुमा पनि कोरोना भाइरस पुष्टि भइरहेको र त्यसका लागि भ्याक्सिन पनि परीक्षण भइसकेको अवस्थामा नेपाल सरकारले भ्याक्सिन खरिदमा ध्यान नलिएकोमा ध्यानाकर्षण समेत गराएको छ ।

मुलुकको झण्डै ५० प्रतिशत गाउँका विध्यालयहरुमा इन्टरनेटको पहुँच नभएकोले अनलाईन शिक्षाले समेट्न नसक्ने बताएको छ । प्याव्सनले कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले तयारी गरेको स्वास्थ्य सावाधानी सम्बन्धी उपायहरुलाई हरेक क्षेत्रमा कडाईका साथ लागु गर्न स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित जिम्मेवारी सहित सक्रीय बनाउनु पर्ने बिज्ञप्तिमा जनाइकएको छ ।

सरकारले आवश्यकता अनुसार विद्यालयहरुमा तातो पानी, स्वास्थ्यकर्मी, सेनीटाइजर, आइसोलेशन कक्ष, भैतिक दुरीको व्यवस्थापन जस्ता कार्यहरु मार्फत सहयोग गर्नुपर्ने बिज्ञप्तिमा जनाइएको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण दर उच्च रहेको भन्दै केही दिन अघि सरकारले विद्यालयहरुको पठनपाठन अनलाईन माफैत निरन्तरता दिन एमसीसीलाई सिफारिस गरेको थियो ।

बिज्ञप्ति

Leave a Reply