अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

कोरोनाको जोखिमले प्रथम लोक साँस्कृतिक उत्सव स्थगित

On: April 11, 2021 6:09 PM
Follow Us:
---Advertisement---

म्याग्दी सदरमुकाम बेनीमा नयाँ वर्ष २०७८ का अवसरमा हुन लागेको प्रथम लोक साँस्कृतिक उत्सव स्थगित भएको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले अर्को सूचना जारी नगर्दासम्मका लागि स्थगित गरेको प्रतिष्ठानका अध्यक्ष गणेश घिमिरेले बताए । प्रतिष्ठानले बैशाख १ देखि ३ गते सम्म बेनीको खुल्ला मञ्चमा उत्सवको तयारी गरेको थियो ।

कोरोनाको कारण अन्य जिल्लामा सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिएपनि म्याग्दीमा नियमित हुन नसकेको अवस्थामा प्रतिष्ठानमार्फत सांगितिक महोल बनाउने प्रयास गरिएपनि दोस्रो चरणको कोरोना भाइरसका कारण स्थगित गरिएको कार्यक्रम संयोजक अमृत विश्वकर्माले बताए ।

उत्सवको आम्दानीबाट बचत हुने रकमबाट जिल्लामा कलाकार लोककल्याणकारी कोषको स्थापनाको योजना बनाइएको थियो ।