राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको प्रथम विस्तारित वैठकले एकजित रोकाको संयोजकत्वमा १ सय २१ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ । आइतबार सदरमुकाम बेनीबजारस्थित पार्टी कार्यालयमा सम्पन्न वैठकले संघको सहसंयोजमा विजय घर्ती मगरलाई चयन गरेको हो ।

यसैगरी संघको सचिवमा शिशिर शाही, कोषाध्यक्षमा लक्ष्मण केसी, सहसचिवमा महेन्द्र बोहोरा र सहकोषाध्यक्षमा प्रदिप तिलिजा चयन भएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य प्रवीण शाहीले जानकारी दिए ।

यसैगरी वैठकले संघको केन्द्रीय सदस्यमा मनोनित भएकोमा प्रवीण शाही, बाबुराम चोखाल, सुवास कार्की, रेशम छन्त्याल, किरण बानियाँ, धन पुन, सिर्जना केसी र नन्दु पाईजालाई बधाई ज्ञापन समेत गरेको जनाएको छ ।

प्रवीण शाहीको अध्यक्षता, दिनेश केसीको सञ्चालनमा सम्पन्न विस्तारित वैठकलाई युवा संघका केन्द्रीय उपाध्यक्ष सन्तोष रावल र नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले सम्बोधन गरेका थिए ।

Leave a Reply