बेनी नगरपालिका-८ गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमिका बिद्यार्थीहरुले डढेलो र वायु प्रदुषण नियन्त्रणको माग गर्दै सोमबार डिभिजन वन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

लिटिल गार्डेनमा गठन भएको इको क्लवका पदाधीकारीहरुले सहायक वन अधिकृत नरबहादुर क्षेत्री मार्फत प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण र संघीय सरकारको वन तथा वातावरण मन्त्रालयमा ज्ञापनपत्र पठाएका हुन् ।

क्लवका उत्सब सापकोटाको नेतृत्वमा बन डिभिजन कार्यालयमा पुगेका बिद्यार्थीहरुले ज्ञापनपत्र बुझाउनुका साथै म्याग्दीमा डढेलोको अवस्था, नियन्त्रणको उपाय र बिद्यार्थीको डढेलो नियन्त्रणमा भूमिकाका बिषयमा छलफल गरेका थिए ।

बिद्यार्थीहरुले डढेलो र वायु प्रदुषणको दिर्घकालिन नियन्त्रणका लागि ठोस कदम चाल्न अनुरोध गर्दै डढेलो लगाउनेलाई पहिचान गरि कारबाहीको माग गरेका छन् । डढेलोका कारण बनजंगल नजिकका बस्तिमा हुने जोखिम न्युनीकरणको माग गरेका छन् ।

इको क्लवले बेनी बजारमा वातावरण दिवसको अवसरमा कालीगण्डकी र म्याग्दी नदी किनार सरसफाई गर्दै आएका छन् । उनिहरुले वातावरण संरक्षण सम्बन्धी अन्य रचनात्मक क्रियाकलाप पनि गरेका छन् । विगतमा पनि विद्यालयका विद्यार्थीले रचनात्मक कार्य गदैं विभिन्न विषयमा खवरदारी गर्ने गरेका थिए ।

Leave a Reply