बेनी–जोमसोम सडकमा अलपत्र यात्रुको उद्धारमा सक्रिय इन्द्रसिंह शेरचनलाई ओम विकास तथा देउकुमारी स्मृति प्रतिष्ठानले सम्मान गरेको छ । मुस्ताङको थाकथलो कोवाङमा सोमबार आयोजित कार्यक्रममा बेनी–जोमसोम सडकका सुपरभाइजर शेरचनलाई सडकखण्डमा जोखिम मोलेर उद्धारमा सक्रिय तथा यात्रुका लागि निरन्तर सहयोगी बनेको भन्दै सम्मान गरिएको हो ।

सोही अवसरमा मुस्ताङका अन्नपूर्णकर्मी सुन्दरकुमार थकाली,अन्तर्राष्ट्रिय आर्चरी प्रतियोगितामा कांस्य पदक विजेता योगेन्द्र शेरचन,सीटीईभीटीको कृषि संकायअन्तगंत डिप्लोमा तहमा छात्रातर्फ नेपाल प्रथम (२०७५) र राष्ट्रपति विद्याभूषण २०७६ प्राप्त गर्ने रोजिणा गौचनलाई पनि सम्मान गरिएको प्रतिष्ठान अध्यक्ष सवि गौचन शेरचनले जानकारी दिइन्।

२०६२ चैत्र ६ गते निधन भएका तत्कालीन सांसद ओमविकास गौचन तथा उनकी धर्मपत्नी देउकुमारी गौचनको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको हो।

Leave a Reply