नेकपा माओवादी केन्द्रले जिल्लामा आफ्नो पुरानो शक्तीलाई फर्काएरै छोड्ने घोषणा गरेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा आयोजित कार्यक्रममा नेकपा एमालेसँगको एकता भंग भएपछि अस्तब्यस्त कमिटिको पुर्नगठन सहितको अभियानमा रहेको माओवादी केन्द्रले जिल्लाको पहिलो राजनीतिक शक्ती बन्ने गरी जनस्तरमै पुगेर संगठनका गतिविधि गर्ने बताएको छ ।

सोही अभियान अन्तरगत नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन भएको छ । किन्दुमा भएको बिस्तारित बैठकले उदिप्रसाद पाइजाको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको हो।

कमिटिको सदस्यहरुमा लोकबहादुर पाइजा, डबलसिंह पाइजा, गमबहादुर गर्बुजा, ज्ञानबहादुर शेरपुञ्जा, अमरसिंह पुर्जा, लक्ष्मण पुर्जा, उमा शेरच, धु्रब तिलिजा, टेकबहादुर पाइजा, तुलबहादुर पुर्जा, पुस्पक पाइजा, बालकृष्ण पुर्जा, ठाकुर पुर्जा, डालकुमार गर्बुजा, चन्द्रबहादुर सुनार र यामकुमारी पाइजा पुन रहेको छ ।

नेकपा माओवादी केन्द्रका पालिका कमिटि इञ्चार्ज वुद्धी पुन र सचिव पुर्णबहादुर पाइजाको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

भेलालाई सम्बोधन गर्दै इञ्चार्ज पुन र सचिब पाइजाले केपी ओलीको स्वच्छाचारी र अराजक कार्यशैलीसँगै सर्वोच्च अदालतको फैसलासँगै नेकपा एकता कायम हुन नसकेको बताउदै अब माओवादी घटकहरुबीचको एकतामा जोड र संगठन पुननिर्माण गर्नुपर्ने बताए ।

Leave a Reply