गायक सम्भोज मल्लको नयाँ म्यूजिक भिडियो ‘जामका जाम’ सार्वजनिक

0
739

लोकप्रिय गायक सम्भोज मल्लको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । यूवापुस्तामा निकै लोकप्रिय रहेका मल्लले नयाँ बर्ष २०७८ को दिनमै ‘जामका जाम’ बजारमा ल्याएका हुन् । चर्चित लोकगायक तथा सर्जक बसन्त थापाको अफिसियल यूटूब च्यानलबाट सार्वजनिक गरिएको गीत मायाँप्रेम सँग सम्बन्धित रहेको छ ।

यूवापुस्तालाई छमछम नचाउने रोमान्टिक गीतको गायक मल्ल र रचनाकार थापाले आफैले अभिनय समेत गरेका छन् भने निर्देशन सुनिल क्षत्रीको रहेको छ । यसअगाडी थापा र मल्लले सार्वजनिक गरेको ‘उकाली’ निकै लोकप्रिय भएको थियो।

 

यूवापुूस्तालाई लक्षित गरी गीत बजारमा ल्याउने गरेका गायक मल्ल पछिल्लो समय आफ्नै जन्मगाउँ मंगला गाउँपालिका–२ सहस्रधारामा ब्यवसाय सहित विभिन्न मेलापर्वमा समेत सहभागी हुने गरेका छन् ।

नयाँ बर्षको अवसरमा बागलुङको गोलकोटमा आयोजित कार्यक्रममा पुगेका मल्लले थप सांगितिक योजना सहित आउने बताए । गीत यूवापुस्ताको रोजाईमा पर्ने गायक मल्लको भनाई छ ।

‘माया–प्रेमले भरिएको गीतदले दर्शकको मन जित्छ, जहाँ भएपनि सांगितिक दुनियाँबाट बाहिर हुदैन’ गायक मल्लले भने। निर्देशनमा गरिएको मेहनत र छायाँङ्कनमा समेत नयाँपन दिन खोजिएको छ । आफ्नै शब्द, संगीत र स्वरमा बजारमा ल्याएको गीत ‘गोरी सुन रे’ ले गायक मल्लको पहिचान बनाएको थियो ।

यही गीतले ब्यवसायीक रुपमै संगीतको क्षेत्रमा प्रवेश गरेका मल्ल स्वदेशदेखि विदेशसम्मका स्टेजसम्म पुगेका छन् । ‘सोलस’ र ‘सनक’ नामक एल्बममा समावेश सबै गीत चर्चित भएका थिए । गोरी सुन रे, जब साँझ पर्छ, सेतो घोडा र पर्खेर बस उनका अत्यधिक रुचाइएका गीत हुन्।