पर्वत जिल्लाको जलजला गाउँपालिक-२ ठुलो सल्लेरी सामुदायिक बनमा भीषण आगलागी भएको छ । बुधबार साँझ फैलिएको डढेलोले राताढुंगा, पाखथर, नाईयाटोल बस्ती समेत जोखिममा परेपछि नियन्त्रणका लागि समुदायबाट परिचालन गरिएको वडा कार्यालयले जनाएको छ ।

यस अगाडी पनि उक्त सामुदायिक बनमा डढेलोले क्षती पुगेको थियो ।आगलागी नियन्त्रणका लागि स्थानीयले प्रयास गरेका छन् ।

‘बस्ती नजिक आउँदै गरेको आगो करिब नियन्त्रणमा आएको छ,‘थप जोखिमको सम्भावना कायमै छ’ स्थानीय यूवा नविन जिसीले भने । सल्लाको रुख र सुख्खा घाँसे जंगलमा आगलागी भएको स्थानीयले बताएका छन् ।

आगलागीको अवस्था हेर्दा मानवसृजित भएको अनुमान गरिएको छ । राम्रो घाँस पलाउने भन्दै आगो लगाउने गरिन्छ । सामुदायिक वनमा आगलागी हुँदा हजारौँको सङ्ख्यामा बिरुवा जलेर नष्ट भएका छन् ।

Leave a Reply