---Advertisement---

असल छिमेकीले बाढीपहिरो पीडितलाई जस्तापाता वितरण

On: April 14, 2021 8:46 PM
Follow Us:

असल छिमेकी नेपाल नामक संस्थाले धवलागिरी गाउँपालिका–७, ताकमका बाढीपहिरो पीडित ४२ घरपरिवारलाई जस्तापाता वितरण गरेको छ । बाढीपहिरोले विस्थापित भएका ताकम, धारापानी लगायतका बस्तीका पीडितलाई लक्षित गरी संस्थाले करिब साढे १६ लाख बराबरको जस्तापात हस्तान्तरण गरेको हो ।

बुधबार ताकममा आयोजित कार्यक्रममा संस्थाका कोषाध्यक्ष कर्णलाल कायस्त र योजना अधिकृत दिनेश केसीले वडा अध्यक्ष कलानिधि सुबेदीलाई प्रतिघर परिवार ३९ हजार बराबरको जस्तापात वितरण गरेका छन्।

गएको असार महिनामा बाढीपहिरोले विस्थापित भएकालाई पुर्नबास सहितको अभियान सञ्चालन भइरहेको अवस्थामा उक्त सहयोगले राहत मिलेको वडा अध्यक्ष सुबेदीले बताए ।

बाढीपहिरो पीडितलाई मोना आइइसी, गाउँपालिका सहित विभिन्न संघसंस्थाले समेत सहयोग गरेको छ । जस्तापाता हस्तान्तरण कार्यक्रममा वडाका जनप्रतिनिधि सहित नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका नेताहरुको उपस्थिती रहेको थियो । असल छिमेकीले म्याग्दीमा शिक्षा, स्वास्थ्य सहित विभिन्न रचनात्मक कार्यहरुमा सहयोग गरेको छ ।