म्याग्दीमा अधिक बायु प्रदुषणका कारण दिउँसै अध्याँरो भएको छ । वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै ढाक्नेगरि लागेको तुवाँलोले बिहिबार दिउँसो नै अध्याँरो भएको हो । एक्कासी अध्याँरो भएपछि विद्यालयबाट घर फर्किदै गरेका विद्यार्थी अत्तालिएका थिए । तुवालोले जिल्लाभरको जनजिवन अस्तब्यस्त भएको छ ।

जिल्लाभित्र अधिकांस बनजंगलमा डढेलो लागेकाले धुँवाले प्रदुषण बढाएको र त्यो धुँवा धुलोले सर्वसाधरणलाई आँखा पोल्ने समस्याका साथै बिहिबार हालसम्मकै उच्च प्रदुषण रहेको बताएको छ।

हावा पनि एकदमै सुख्खा हुने र धुलो धुँवा उडाएर लैजादा हावामा धुलो धुँवाले वातावरणमा ठूलो असर गरेको विज्ञहरुको भनाई छ । प्रर्दुषणसँगै हल्ला बर्षा र चट्याङ समेत परेको छ।

Leave a Reply