म्याग्दीमा बिहिबार वायु प्रदुषणले दिउँसै अन्धकार भएसँगै त्रसित वातवारणलाई बर्षाले केही राहत महसुस भएको छ । साँझ जिल्लाका अधिकांस क्षेत्रमा बर्षा भएको छ । वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै ढाक्नेगरि लागेको तुवाँलोले बिहिबार दिउँसो नै अध्यारो भएपछि आत्तिएका सर्वसाधारणलाई हल्का र मध्यम वर्षा भएको छ ।

मेघगर्जन र चट्टयाङ्गसहितको बर्षाले शुक्रबार मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

हावाहुरीले समेत जनजिवन अस्तब्यस्त भएको छ । बर्षा भएपछि वायु प्रदूषणमा कमि हुन अनुमान गरिएको छ । मनसुनको समयमा बर्षा हुने भएकाले केही मात्रामा भएपनि धुलोको मात्रा कम हुन्छ ।

म्याग्दीका सामुदायिक बनमा फैलिएको डढेलोको कारण प्रदूषणको मात्रामा गुणात्मक वृद्धि हुन पुगेको छ । वायु प्रदुषणले मानव स्वास्थ्यका लागि हानीकारक मानिएका प्रदुषणका कणहरु हावामा फैलने भएकाले केही दिन सतर्कता अपनाउन बेनी अस्पतालका चिकित्सकले समेत अपिल गरेका छन् ।

Leave a Reply