म्याग्दीमा बिहिबार वायु प्रदुषणले दिउँसै अन्धकार भयो । सम्भवत् करिब चारबर्ष अगाडी वायु प्रदुषणका कारण अन्धकारको महसुस गरेपनि सर्वसाधारणले दुईसातादेखि वातावरण प्रदुषणलाई नजिकबाट बुझ्ने मौका पाएका छन् ।

आफ्नै बस्ती आसपासका हराभरा वन जंगल डढेलोले उजाड भएपछि वैराग लागेको अवस्थामा बिहिबार दिउँसो करिब चार बजे एक्कासी रात परेपछि थप त्रसित भए ।

सदरमुकाम बेनीबजारसँगै जोडिएका दुई वटा सामुदायिक वनमा भीषण आगलागी आँपरुख र बराहपाखो सामुदायिक वनमा फैलिएको डढेलोले करिब ३० हेक्टर वन सखापसँगै जिल्लाभर ५० भन्दा बढीसामुदायिक वनमा आगलागीले क्षती पुगेको छ ।

यसबर्षको आगलागी जिल्लाकै इतिहासमामा सबैभन्दा ठूलो हो । जिल्लाभित्रका अधिकांश सरकारी तथा सामुदायिक वन डढेलोकै कारण रित्तै देखिएका छन्। डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका छन्।

म्याग्दीको दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ। ढोरपाटन सिकार आरक्षले एक हजार २६० हेक्टर, एक्यापले तीन हजार ७५३ हेक्टर वन क्षेत्र ओगटेको छ।

वन कार्यालयले व्यवस्थापन गर्ने ७९ हजार ४३९ हेक्टर वनमध्ये २४ हजार २०२ हेक्टर वन ३१० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ। जिल्लामा करीब पाँच हेक्टर कबुलियत, धार्मिक र निजी वन छ। बाँकी सबै राष्ट्रिय वनमा सल्किएको आगोको असरकै कारणले फैलिएको तुवाँलोले दिउँसै अन्धकार भएको वातावरण विज्ञहरुको भनाई छ ।

वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै ढाक्नेगरि लागेको तुवाँलोको असरले अन्धारका भएको भन्दै वातावरणमैत्री गतिविधिका लागि सबै एकजुट हुनुपर्नेमा विज्ञहरुको जोड छ ।

बिहिबार दिउँसो नै अध्यारो भएपछि सर्वसाधारण आत्तिएका थिए । तुवालोले जिल्लाभरको जनजिवन अस्तब्यस्त भएको छ । अधिक बायु प्रदुषणका कारण दिउँसो ३ बजेसम्म सामान्य रहेको मौसम एक्कासी धुम्मिएसँगै करिब ४ बजेपछि अन्धकार भएको थियो ।

Leave a Reply