बेनी सामुदायिक माविमा कक्षा ८ मा अध्ययनरत असल आचार्य विद्यालयबाट घर फर्किने क्रममा एक्कासी अध्यारो भएपछि आत्तिदैं विद्यालय भित्र प्रवेश गरे । विद्यालयबाट बाहिर निस्किएका अधिकास विद्यार्थी दिउँसो ४ बजे नै अध्यारो भएपछि त्रसित हुदैं विद्यालयमै प्रवेश गरेपछि अभिभावकलाई बोलाएर जिम्मा लगाइयो ।

सदरमुकाम बेनीबजारसँगै आसपासका क्षेत्रमा जानुपर्ने विद्यार्थीहरूलाई अभिभावक र शिक्षकको सहयोगमा सवारीसाधनको ब्यवस्था मिलाएर पठाइयो । ‘करिब १ सयको हाराहारीमा विद्यार्थीलाई अभिभावकको जिम्मा लगाइयो,’केहीलाई शिक्षकले नै घरमा पु¥याइदिनुभयो’ विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले भने ।

उनका अनुसार केही विद्यार्थीले आँखा पोलेको महसुस गरेको समेत बताए । जिवनमै पहिलोपटक दिउँसै अध्यारोको सामाना गरेको अवस्थामा वायु प्रदूषण र तुवाँलोले विकराल रुप लिइरहेको अवस्थामा विद्यालयले विद्यार्थीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नदिन समेत अपिल गरेको प्रअ श्रेष्ठको भनाई छ ।

अधिक बायु प्रदुषणका कारण दिउँसै अध्यारो भएपछि कलिला बालबालिकादेखि बृद्धबृद्धासम्म आत्तिएका थिए । दिउँसो ३ बजेसम्म सामान्य रहेको मौसम एक्कासी धुम्मिएसँगै करिब ४ बजेपछि अन्धकार भएको थियो ।

ग्रामिण क्षेत्रमा घाँसदाउरा गर्न बनजंगलमा गएकाहरु समेत अध्यारो भएपछि हतारहतारमा घर फर्किएको धवलागिरी गाउँपालिका–७ ताकमका यूवा गोपाल आचार्यले बताए । उनका अनुसार विद्यालयका विद्यार्थी रुदैं घर फर्किएका थिए ।

म्याग्दीको सदरमुकाम बेनी आसपासका जंगलसँगै जिल्लाका अधिकांस वन डढेलोका कारण पनि वायु प्रदुषणको अवस्था विकराल बनेको हो । यसबर्ष करिब १४ सय हेक्टर क्षेत्रफल डढेलोले सखाप भएको छ ।

वायु प्रदूषण उच्च देखिएको अवस्थामा आँखा चिलाउने, बिझाउने, सुख्खा हुने, पोल्ने समस्या समेत देखिएको छ ।

बन तथा वातावरण विभागका उपमहानिर्देशक एवम् प्रबक्ता इन्दुबिक्रम जोशीले वायु प्रदूषणकै कारण यो समस्या आएको बताए । वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्न सक्ने भएकाले आँखा पोल्न थालेपछि अन्य औषधी प्रयोग नगरी सफा पानीले धुनुपर्ने प्रबक्ता जोशीको सुझाव छ ।

Leave a Reply