हावाहुरीसँगै परेको चट्याङका कारण १ जनाको मृत्यु भएको छ । बिहिबार राति परेको चट्याङका कारण एकजना घाइते भएका छन् । बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेलको मृत्यु भएको छ ।

बाग्लुङको ताराखोला गाउँपालिका–३ रातमाटा घर भएकी ४५ वर्षीय कृष्ण कुमारी कार्की घाइते भएकी छिन् । उनको अवस्था सामान्य छ । गोठमा भैंसी दुहुन जाँदै गर्दा चट्याङले खिमलालको मृत्यु भएको हो ।चट्याङ लागेर पर्वतको जलजला–८ लुप्राङमा १ भैसी,  १ गोरु र दुईवटा बाख्रा मरेका छन् ।

Leave a Reply