हावाहुरीसँगै परेको चट्याङका कारण पश्चिम म्याग्दीमा तीनजना घाईते भएका छन् । शुक्रबार दिउँसो परेको चट्याङले मंगला गाउँपालिका-५, अर्मनको टिकावाङकी ५ बर्षिया बालिका लक्ष्मी भट्टचन, मालिका गाउँपालिका-१ निस्कोटका १८ बर्षिय कुलप्रसाद विक र वडा नं ६ दिच्यामका पद्मलाल निउरे घाईते भएको भएका छन् ।

घाईते मध्ये टिकावाङकी बालिकालाई थप उपचारका लागि बेनी अस्पतालमा  रिफर गरिएको छ
भने अन्य घाईतेको प्राथमिक उपचार केन्द्र दरबाङमा उपचार भइरहेको मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

घाईतेको शरीरका विभिन्न भागमा चोट लागेको छ । चट्याङले पश्चिम म्याग्दीमा थप क्षतीका बारेमा जानकारी लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर पशुचौपायामा समेत क्षती पुगेको जनाइएको छ ।

Leave a Reply