नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका लिलाराम गौतम अत्याधिक मतले विजय हुनुभएको छ। ।

शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रतिद्धन्द्धी जगदिश गौतमलाई भारी मतले पराजित गदैं अध्यक्षतमा निर्वाचित हुनुभएको हो ।अध्यक्षमा निर्वाचित लिलारामले ६९ मत र अर्का जगदिशले २७ ल्याउनुभएको थियो ।अधिवेशनमा कुल ९७ मत खसेको थियो ।

अन्य पदमा सहमति भएपनि अध्यक्षमा मतदान भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी म्याग्दीक अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो । अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष देवकृष्ण काफ्ले,प्रथम उपाध्यक्ष रामचन्द्र नेपाल,सचिव कृष्ण पोख्रेल,कोषाध्यक्ष तारा घले, सहसचिव प्रदिप खनाल रहनुभएको छ । त्यस्तै सदस्यहरू छायादेवी लुइटेल, धनबहादुर अधिकारी, थानेश्वर सुबेदी, जनक पन्त, सरस्वती भण्डारी, तिलकराम पौडेल चयन हुनुभएको छ ।

जिल्ला समन्वय समिति प्रमुख देबेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभएको अधिवेशनमा नवनिर्वाचत अध्यक्ष गौतमले गण्डकी प्रदेशभित्रका ब्यवसायीको हितमा विभिन्न योजना सहित काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पुस्तक ब्यवसायीहरुलाई एकताबद्ध बनाएर अगाडी बढ्न े बताउँदै निर्वाचन एउटा प्राविधिक पक्ष मात्रै भएकाले सहकार्य गरी अगाडी बढ्ने बताउनुभयो ।

 

Leave a Reply