रघुगङ्गा गाउँपालिका–२ भगवती म्याग्दीमा धु्रव अधिकारीको अध्यक्षतामा १३ सदस्यिय वडा स्तरीय विश्वहिन्दू महासंघ गठन गर्दै श्रीमद्भागवत् गीता निःशुल्क वितरण
गरिएको छ ।
महासंघको उपाध्यक्षमा भानबहादुर भण्डारी, सचिवमा हिमाल रिजाल, सहसचिवमा राजु कुमारी शाही, कोषाध्यक्षमा भोलानाथ रिजाल, सदस्यहरुमा क्रमशः सुरतबहादुर कार्की, रेशबहादुर भण्डारी, चेतनाथ सुवेदी, नारायण शर्मा, रुपा थापा, गीता मल्ल, अमृत पौडेल, र मित्रलाल शर्मा चयन हुनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विश्वहिन्दू महासंघ गण्डकी प्रदेशका सचिव लोकनाथ भुषालले यतिखेर देशमा हिन्दूहरुलाई विभाजित गर्न अनेकौ तरिकाहरु अपनाएसँगै पछिल्लो समय अव हुने राष्ट्रिय जनगणनामा क्षेत्री र बाहुनलाई विभाजित गर्न मष्टो धर्म र खस जातीका कुरा ल्याएको बताउनु भयो । विदेशी पैसा खाएर नुनको सोझो गर्दै केही संघ÷संस्थामा आवद्ध कर्मचारीहरु हिन्दू धर्मभित्रका केही कमजोरीहरुमा खेल्दै हिन्दू धर्मावलम्विहरुको जनसंख्या थोरै देखाउन लागि परेको उहाँको भनाई थियो । नेपालबाट नेवार, राणा, र शाहहरु सिध्याएर अव विदेशीहरुको नजर नेपालका ब्राम्हण÷क्षेत्रीहरुतर्फ सोझिएको उहाँको तर्क थियो ।
विशिष्ट अतिथि विश्वहिन्दू महासंघ म्याग्दीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सबै धर्मको सम्मान हुनुपर्ने तर बलपूर्वक कसैले धर्म परिवर्तन गराएको पाएमा कानून अनुसार कारवाही गर्नुपर्ने बताउनु भयो । आर्थिक प्रलोभन तथा विमार निको हुने प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गिरोहहरु खुलेआम सक्रिय हुँदापनि राज्य मौन रहेको आचार्यको भनाई थियो । सोही कार्यक्रमा विश्व हिन्दूमहासंघ बेनपा–८का अध्यक्ष रामचन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो । स्थानीय समाजसेवी चेतनाथ सुवेदी, देवेन्द्रबहादुर मल्ल, तुलबहादुर वि.क.लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा वितरित श्रीमद्भागवत्गीतालाई दक्षिण एशियाली ज्योतिष महासंघ गण्डकी प्रदेश कार्य समितिले उपलब्ध गराएको थियो ।
विश्व हिन्दूमहासंघ रघुगंगा गाउँपालिकाका अध्यक्ष लक्ष्मीनाथ शर्माको अध्यक्षता, सचिव दण्डपाणि सुवेदीको स्वागत र युवा पण्डित दामोदर रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply