बेनी नगरपालिका-६ मा शनिबार नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलको संगठन बिस्तार भएको छ ।

केदार पौडेलको अध्यक्षतामा २७ सदस्यीय वाइसीएलको वडा कमिटि गठन भएको हो । नबिन पौडेल इञ्चार्ज, सन्तोष नेपाली र दया रिजाल उपाध्यक्ष, दिपेश बानिया सचिब र आस्था ढुङ्गााना कोषाध्यक्ष रहनुभएको वाइसीएल म्याग्दीले जनाएको छ ।

राजु खत्रीको अध्यक्षता, कृष्ण पौडेलको सञ्चालन, नबिन पौडेलको स्वागतमा भएको कार्यक्रमका प्रमुख अतिथि वाइसीएल म्याग्दीका संयोजक सन्दिप खत्रीले अग्रगमनको पक्षमा युवाहरु एकजुट हुदै प्रगतिशिल शक्तिलाई एकतावद्ध गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

संयोजक खत्रीले म्याग्दीका सबै वडा कमिटिमा माओवादी पार्टीसँगै वाइसीएलको पनि वडा कमिटि पुनगठन तिब्र रुपमा भइरहेको बताउनुभयो ।

कार्यक्रममा वाइसीएलका केन्द्रिय कमिटिको लेखा बिभाग सदस्य नगेन्द्र केसी, बेनी नगर कमिटिका सहसंयोजक नारायण पौडेल, नेकपा माओवादी केन्द्रको वडा कमिटिका अध्यक्ष यादव सुबेदी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply