नेपालपत्रकार महासंघ बागलुङका नवनिर्वाचित अध्यक्ष नरेश कँडेलले बागलुङका सञ्चारकर्मीलाई प्रविधियुक्तबनाउने उद्घघोष गर्नु भएको छ ।
नेपालपत्रकार महासंघ बागलुङ शाखाको सातौं अधिवेशनबाटनिर्वाचितपदाधिकारी तथापदस्थापनकार्यक्रममाबोल्दै पत्रकार महासंघले सुविधा सम्पन्नभवनबनाइसकेकाले अब “घर पछिको रहरः सहि सूचनाप्रविधियुक्तहात, हरेक पत्रकार ल्यापटका साथ”अभियानको घोषणागर्नु भएको हो ।
यस अभियानले बागलुङजिल्ला सम्पूर्ण क्रियाशीलपत्रकारहरु श्रोतसाधन सहितआवश्यकप्राविधिकज्ञान समेत उपलब्ध गराइने बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष कँडेलले आफ्नो कार्यकालमा मुख्य ४ वटा परिकल्पनामा आधारित भएर पत्रकारको हकहित, क्षमताअभिवृद्धी र संस्थागतविकासकाक्रियाकलाप सञ्चालनगर्ने बताउनु भएको छ ।कार्यक्रममाबोल्दै नेपालपत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य छविलाल तिवारीले महासंघ सधै श्रमजीवीपत्रकार र पत्रकारिताको पक्षमा लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा बागलुङका प्रमुख जिल्लाअधिकारी शिवकुमार कार्की ,नेपाली काग्रेस जिल्ला कार्यसमितिका सचिव नवराज पौडेल ,राष्ट्रियजनमोर्चाका उपाध्यक्षधर्म कुवर ,नेकपामालेका मञ्जु क्षेत्रीपत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरि नारायण गौतम ,पूर्वअध्यक्षमुकेशचन्द्र राजभण्डारी ,रामवहादुर जिसी,सातौ अधिवेशननिर्वाचन समितिका संयोजक हिरावहादुर केसी,सदस्य रामशर्मा,निवर्तमानअध्यक्षदिलश्रीषलगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेपालपत्रकार महासंघ बागलुङ शाखाको गत चैत्र २५ गते सम्पन्न७औं अधिवेसनबाटअध्यक्षमा सर्वसम्मतनिर्वाचितअध्यक्ष नरेश कँडेल सहितकापदाधिकारी, सदस्य, केन्द्रीय परिषद्का सदस्य, प्रदेश परिषद्का सदस्यहरुको सपथग्रहरणसमेत गराइएको थियो ।
कार्यक्रममामहासंघका सधारण सदस्यतथाअधिवक्ता रामशर्माले आफ्ना मातापिताहेम कुमारीशर्मा र चन्द्रदत्तशर्माको स्मृतिमा २ लाख ५० हजार बरावरको हेमचन्द्र स्मृतिपत्रकारिता पुरस्कार स्थापनागर्न चेक हस्तान्त्रण गर्नु भएको थियो ।
सोहीअवसरमामहासंघद्धारा प्रकाशितधौलागिरी अञ्चलको ७दशकको इतिहास समेटिएको धौलागिरीको पत्रकारिताविषयक पुस्तको समेत विमोचनगरिएको थियो । विमोचित पुस्ताकको बारेमाधौलागिरी बहुमुखिक्याम्पसकाउपप्रध्यापक हरि प्रसाद पाण्डेले समीक्षागर्नु भएको थियो ।
कार्यक्रममामहासंघको सस्थागतविकासमा सहयोग गरेको भन्दै निवर्तमानअध्यक्षदिनश्रीषउपाध्यक्षउषापौडेल सचिव रामथापा र सह—सचिवसुवास आचार्यलाई दोसल्लाओढाइ सम्मानगरिएको थियो ।
पदस्थापन कार्यक्रम पत्रकार महासंघका अध्यक्ष दिलशिरिषको अध्यक्षता उपाध्यक्ष उषा पौडेलको स्वागत र सचिव राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो । पदस्थापनपछिको कार्यक्रम नवनिर्वाचित अध्यक्ष नरेश कँडेलको अध्यक्षता, सचिव विजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।