जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्षमा दिनेश केसी नियुक्ती भएका छन् । लामो समयसम्म रिक्त रहेको समितिलाई गण्डकी प्रदेश सरकारले पूर्णता दिएको हो ।

समितिको उपाध्यक्षमा बिशन पुन, सचिव तारामान रोका रहेको जनाइएको छ। समितिका अन्य पदाधिकारी सहितको कार्यसमितिका सदस्यहरुलाई समेत जिल्लाबाटै छनौट गरिने खेलकुद विकास समितिले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष समितिका निर्वतमान कोषाध्यक्ष समेत हुन् भने नेकपा एमालेमा ओली निकटका मानिन्छन् । अध्यक्ष सहितका पदाधिकारीमा सबैजसो नेकपा एमाले ओली निकटमा रहेको स्रोतले जनाएको छ ।

भलिबल, मार्सल आर्ट लगायतका खेलमा म्याग्दीले गण्डकी प्रदेशमै उत्कृष्ट खेल देखाउँदा समेत खेलकुदमा पदाधिकारी विहिन हुदाँ चन्दा र आर्थिक सहयोग जुटाएर खेलाडी खेल्न बाध्य थिए ।

त्यस्तै गण्डकी प्रदेश खेलकुद विकास समितिको उपाध्यक्षमा नारायण पुन र सदस्यमा चन्द्रा घले गुरुङ रहेका छन् । प्रदेश खेलकुदमा समेत म्याग्दीले राम्रो अवसर पाएकाले भविस्यमा खेलकुद गतिविधिलाई अगाडी बढाउन सजिलो हुने अनुमान गरिएको छ ।

Leave a Reply