म्याग्दीका नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती घर भई कानुनको क्षेत्रमा क्रियाशिल रहनुभएका सुवेदीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

सुवेदी संगै कुमार चुडाल पनि सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुभएको छ । सुवेदी र चुडाल दुबै जना उच्च अदालतका मुख्य न्यायाधीश हुनुहुन्थ्यो । गत फागुन २८ गते न्यायपरिषद बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको थियो ।

गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम नियुक्तिका लागि अनुमोदन गरेको थियो ।कानुनको क्षेत्रमा क्रियाशिल रहनुभएका सुवेदी यस अघि सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार, सह–रजिष्ट्रार , न्यायपरिषदको सचिव लगायतका पदमा रहेर काम गरिसक्नुभएको छ ।

Leave a Reply