अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

सात बर्षिया बालिकाको बलात्कार गर्ने पक्राउ

On: April 19, 2021 6:13 PM
Follow Us:

सात बर्षिया बालिकालाई जवजस्ती करणी गरेको आरोपमा पर्वतको फलेवास नगरपालिकाबाट एक बृद्ध पक्राउ परेका छन । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका ५८ बर्षीय दुर्गाराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । बैशाख १ गते घरमा कोही नभएको मौका पारेर पाण्डेले करणीको प्रयास गरेको आरोप लागेको छ ।

पीडित बालिकाका अभिभावकले प्रहरीमा खवर गरेपछि भोलीपल्ट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घटनाका बारेमा जिल्ला अदालत पर्वतबाट म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले जानकारी दिनुभयो ।