नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) म्याग्दीले दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरी आफ्नो ५२ औं स्थापना दिवस मनाएको छ ।

जिल्लाको रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा रहेको ज्ञानोदय माविमा अध्ययनरत १४ जना विद्यार्थीलाई करिब १५ हजार बराबरको शैक्षिक साम्रागी वितरण गरिएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले म्याग्दीमा शैक्षिक, सामाजिक तथा राजनीतिक आन्दोलनमा नेविसंघको महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

सोही अवसरमा वडा नं ३ का अध्यक्ष जिवनकुमार मल्लले विद्यार्थीको हकहितका लागी निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिए ।

शैक्षिक आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेविसंघले थप सशक्त भएर अगाडी बढ्ने अध्यक्ष निर्मल खत्रीले बताए । दृष्टिविहिन विद्यार्थीलाई झोला सहितका शैक्षिक साम्रागीले सहज भएको विद्यालयले जनाएको छ ।

Leave a Reply