अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

कुईनेमंगलेमा ढकमक्क लालीगुराँस

On: April 20, 2021 8:49 PM
Follow Us:

म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेका जङ्गलमा ढकमक्क फुलेका लालीगुराँस।कुइनेमङ्गलेको पात्लेखर्कमाथिका लसुनबारी, चिमाली बुकी यरियाका जङ्गल थरिथरिका गुराँसका फूलले सजिएका छन् । यतिबेला गुराँस फुल्ने मौसम हो ।

पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेर जङ्गल नै हराभरा भएको छ । यो जङ्गलमा फुल्ने यस्तो फूल हो, जसको सौन्दर्यमा जोकोही मोहित हुन्छन् । यो पूल नेपालको राष्ट्रिय फूलभएकाले यसप्रति हाम्रो भावनात्मक प्रेम र सम्मान पनि छ । जिल्लाका अन्य ठाउँमा कम फुलेपनि यसपटक कुईनेमंगलेमा लालीगुराँसले छपक्कै छोपेको छ । तस्वीर सौजन्य याम घर्तीघिमिरे