म्याग्दीमा पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई मंगलबारदेखि दोस्रो डोजको खोप सुरु भएको छ । बेनी अस्पतालमा आयोजित दोस्रो चरणको खोप अन्तरगत मंगलाबार१ सय ६२ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

‘पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाण सहित आउनुपर्छ,‘ स्थानीय तहमै पुगेर दोस्रो चरणको खोप दिन्छौ ’ प्रमुख लम्सालले भन्नुभयो । दोस्रो चरणमा २५ सय ४ जनामा खोप लगाउने लक्ष्य रहेको छ ।

गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार,सार्वजनिक संस्थान तथा बैंक र वित्तीय संस्थाका कर्मचारी लगाइने भएकाले ज्येष्ठ नागरिकलाई भने सहभागी नगराइएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियान वैशाख ११ गतेसम्म जारी रहनेछ ।

यता कोरोनाको अति जोखिममा रहेका नीजि तथा सामुदायिक विद्यालयका शिक्षकलाई बेवास्ता गरिएको भन्दै असन्तुष्ट जनाइएको छ । कोरोना खोपको पहिलो चरणमै सहभागी हुनबाट बन्चित भएका शिक्षकहरु अहिले कोरोनाको सबैभन्दा धेरै जोखिममा परेका छन् ।

 

Leave a Reply