बेनी अस्पतालमा उपचारका लागि अस्पताल गएका बिरामीमा समेत कोरोनाको लक्षण देखिन थालेको छ। रुघा र ज्वरो देखिएपछि अस्पतालमा पुगेका सदरमुकाम बेनीबजार आसपासका बिरामीको प्रयोगशालमा एन्टिजेन्ट परीक्षण गर्दा सोमबार ७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालको ओपिडीमा चेकजाँचको क्रममा बिरामीमा कोरोनासँग मिल्ने लक्षण भेटिएपछि ’एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण टेष्टको क्रममा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीमा निमित्त प्रमुख एकनारायण लम्सालले बेनीअनलाइनलाई बताउनुभयो ।

‘सुरक्षा मापदण्ड पालनामा बेवास्ता गरिएको छ,‘कोभिड–१९ पहिचानका लागि ‘हटस्पट’हरुबाट प्रवेश गरेकाहरुबाटै जोखिम बढेको छ’ प्रमुख लम्सालले भन्नुभयो । एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण टेष्टको विश्वसनीयता पीसीआर परीक्षण सरह हुने भएकाले संक्रमितले हेल्चेक्राई गरेमा परिवार र समुदायस्तरमै फैलिने जोखिम रहेको प्रमुख लम्सालको भनाई छ ।

एकैपटक परिवारसँगै घुलमिल भइरहेका ७ जनामा कोरोनाको लक्षण देखिएपछि सदरमुकाम बेनीबजार आसपासमा एन्टिजेन परीक्षणको दायरा बढाउनुपर्ने अवस्था देखिएको समेत बताउनुभयो ।

अस्पतालका चिकित्सकले सुरुवातमा ल्यावमा चेकजाँचका लागि पठाउने र कोरोनाको लक्षण देखिएपछि पुनः परीक्षणका लागी पठाउँदा ल्यावमा रहेका स्वास्थ्यकर्मीमा समेत संक्रमणको जोखिम बढेको छ ।एन्टिजेन विधिबाट कोरोना पुष्टी भएकालाई घरमै सुरक्षित बस्न अनुरोध गरिएको छ ।

थोरै समयमा धेरैको परीक्षण गरी छिटो नतिजा निकाल्नका लागि एन्टिजेन विधि अपनाएको बताउँदै पिसिआर गरेजस्तै एन्टिजेन बिधिबाट कोरोना पुष्टी भएकालाई समेत लक्षण देखिएको बेनी अस्पतालले जनाएको छ ।

बेनी अस्पतालमा पछिल्लो समय बिरामीको चाप ह्वात्तै बढेको अवस्थामा अनिवार्य मास्क लगाएर आउन र भौतिक दुरीमो ध्यान दिन अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अपिल गर्नुभएको छ ।

अस्पतालमा एन्टिजेन विधिबाट कोरोना टेष्टका लागि किट समेत प्रयाप्त छ । यसैबीच मंगलबार कोरोना पुष्टी भएका मालिका गाउँपालिका वडा १ र ५ का दुई पुरुष पोखरामा बस्ने जनाइएको छ। पोखराको लाइफ केयर डाइग्नोस्टिक प्रालिबाट परीक्षणमा पुष्टी भएका दुबैजना पोखराको आइसोलेसनमा छन् ।

के हो एन्टिजेनमा आधारित परिक्षण ?
बेनी अस्पतालमा ओपीडिमा पुगेका बिरामीमा कोरोनासँग मिल्ने लक्षण देखिएपछि चिकित्सकले कोरोना भाइरस भए नभएको पत्ता लगाउन प्रयोगशालामा पठाउँछन् । प्रयोगशालका स्वास्थ्यकर्मीले पिपिई सहित सतर्कता अपनाई अन्य विरामीभन्दा फरक तरिकाले बिरामीको घाँटी तथा नाकबाट ¥यालको नमुना लिन्छन् ।

पिसीआर जस्तै यो प्रविधिबाट सहज र सरल तरिकाबाट कोरोना भाइरस भए नभएको पत्ता लगाउन सकिन्छ । तर एन्टिजेन परिक्षणका क्रममा लिएको –यालको नमुना प्रयोगशालमा नभएर किटबाट जाँच गरिन्छ । साथै यसमा आधारित परिक्षणको नतिजा पिसीआर परिक्षण जतिकै मान्य हुन्छ ।

एन्टिजेन परीक्षणको नतिजाको विश्वसनियतामा फरक नपर्ने भए पनि परिक्षणको क्रममा संकलन गरिएका ¥यालका नमुनामा भाइरसको मात्रा कम भएमा यसले सतप्रतिशत सहि नजिता भने दिन नसक्ने स्वास्थ्यका जानकारहरु बताउँछन् ।

तरपनि म्याग्दीमा एन्टिजेन विधिबाट कोरोना पुष्टी भएकामा पिसीआर विधिबाट जस्तै लक्षण देखिएकाले यसलाई सतप्रतिशत विश्वास गर्न सकिने स्वास्थ्यकर्मीको भनाई छ । यस्तो अवस्थामा नेगेटिभ नतिजा देखिएकालाई समेत चिकित्सकले थप पुष्टी गर्न पिसिआर विधिको प्रयोग गरिन्छ । बेनी अस्पतालमा यो विधिबाट कोरोना पुष्टी भएकालाई हरेक दिन देशभरबाट कोरोना पुष्टी भएको संख्यामै समेट्ने गरिएको छ ।

Leave a Reply