म्याग्दीको बेनी नगरपालिका–५, गाजनेमा रहेको पर्यटकीयस्थल केभहिलको डिलबाट वायु प्रदूषण घटेपछि देखिएको संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहितको मनोरम दृश्यावलोकन । पर्यटनको प्रचुर सम्भावना बोकेको पर्यटकीय क्षेत्र केभहिल परिसरबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका सबै हिमालहरु देख्न सकिन्छ ।

समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित केभहिलबाट म्याग्दी जिल्लाको ३६ वटा गाउँहरु समेत देखिन्छन् । केभहिलमा पर्यटन आगमन बढाउनका लागि बेनी नगरपालिकाको आर्थिक सहयोगमा भ्यु–टावर निर्माणाधीन अवस्थामा रहेको छ भने टेकमाइन्ड्सको सहयोगमा इन्टरनेट सेवा उपलब्ध गराउन टावर निर्माण गरी सेवा प्रवाहको तयारी गरिएको छ ।

गाजनेमा ऐतिहासिक जगन्नाथ तथा डढेकोट राजदरबार पनि रहेको छ । भगवान् जगन्नाथकै कारण गाजने गाउँमा अवैध घरेलु मदिरा उत्पादन तथा कुखुरा र बंगुरपालन निषेध गरिएको छ । केभहिल आसपासको वनजङ्गल क्षेत्रमा लालीगुराँस, गुँहेली, जनमन्द्रो तथा हाडे काफललगायत वनमा फल्ने फलफुलहरु पाइन्छन् ।
तस्विरहरुः प्रताप बानियाँ÷बेनीअनलाइन

Leave a Reply