बेनी नगरपालिका-१ का अर्जम एक पुरुष १७ दिन देखि सम्पर्कविहीन बनेका छन्। गएको चैत्र २२ गते राती ९ बजेदेखि सम्पर्कविहिन भएका ५६ बर्षिय पृथु नेपालीपरिवारको सम्पर्कबाहिर रहेका हुन् । लामो समय सम्पर्कविहिन भएपछि नेपालीका परिवारले खोजीकार्यका लागि अपिल गरेका छन् ।

मानसिक रोगी नेपालीको गाउँका साथै आफन्तईष्टमित्र सबैतिर खोजीकार्य गर्दा समेत पत्ता नलागेपछि प्रहरी चौकी रत्नेचौरमा खोजीकार्यका लागि निवेदन दिएको छोरा झिल्के नेपालीले बताए ।

‘अहिलेसम्म खोजीकार्य गर्दा भेट्न सकिएको छैन्,‘घरमा पनि कुनै समस्या नभएकाले कतै गएको अनुमान गरिएको छ’ छोरा नेपालीले भने ।

केहीदिन आफन्तकोमा गएर फर्किने अनुमान गरिएपनि नआएपछि परिवार चिन्तामा छ । बेपत्ता नेपालीले घरबाट निस्कने क्रममा कालो पाइन्ट, कालो ढाकाटोपी लगाएको गहुगारो रहेको परिवारले जनाएको छ ।

अधिक मदिरा सेवन गर्ने गरेका थिए । सामाजिक सञ्जालमार्फत खोजी कार्यमा सहयोगका लागि परिवारजनले आग्रहसमेत गरेका छन् । परिवारका सदस्यले कसैले भेटे वा देखेमा मोबाइल नम्बर ९८०६५९५९२६ वा ९८२१३६७९३० मा फोन गरी सहयोग गर्न आग्रह गरेका छन्।

Leave a Reply