धवलागिरी गाउँपालिका-७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरमा रथयात्रा गरिएको छ । १६ औ शताब्दीमा तत्कालिन थापा राजाले निर्माण गरेको मन्दिर वि.स १९९० र २०७२ को भुकम्पका कारण जिर्ण बनेको मन्दिरको बुधबार ताकम गाउँमा रथयात्रा गरिएको हो । रथयात्रामा स्थानीयबासीको उपस्थिती रहेको थियो ।

ताकम कोत म्याग्दीको प्रमुख शक्तिपिठ मानिन्छ । समुन्द्रि सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा अवस्थित ताकमकोतबाट बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय वर्षसम्म राज्य सञ्चालन गरेको ईतिहाँस छ । वि.स १२४६ देखि १५४५ सम्म ताकमकोत बगाले थापाको राज्यको रुपमा थियो । त्यसपछि वि.स १८८२ सम्म त्यहाँ मल्लहरुले शासन गरेको इतिहाँस छ ।

वि.स १८४३ को असोज १४ गते काजी अमरसिंह थापा, योगनारायण मल्ल, दामोदर पाण्डे, जीव शाहको नेतृत्वमा आएको गोर्खाली फौजले कब्जा गरि थुम ताकमलाई नेपाल राज्यमा मिलाएको थियो ।पुजाआजा र भाकल गरेमा मनोकांक्षा पुरा हुने विश्वासका साथ नवदुर्गा, जेष्ठी पुर्णीमा, मंसिर पुर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा पुजाआजा र भाकल गरि बली चढाउन भक्तजनको घँुईचो लाग्ने गर्छ । तस्वीरहरु कृष्णराज पौडेल

Leave a Reply