पार्टीको ७३औँ स्थापना दिवसको अवसरमा नेकपा एमालेको (माधव/झलनाथ पक्ष) जलजला गाउँपालिकाका अगुवा कार्यकर्ताहरुको भेला पर्वतको मिलनचोकमा सम्पन्न भएको छ ।

सोही भेलाले टुङ्गनाथ पौडेललाई नेकपा एमालेको (माधव/झलनाथ पक्ष) जलजला गाउँपालिकाको अध्यक्ष चयन गरेको छ । केन्द्रीय अनुशासन सचिवालय सदस्य गणेश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले सचिवमा जीतबहादुर पुनलाई चयन गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले ‘यो वा त्यो भन्दा पनि ढुक्क भएर सत्यको पक्षमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।’ यतिवेला नेकपा एमाले कठिन मोडमा आइपुगेको भन्दै फुटबाट जोगाउने वा फुटतिर धकेल्ने भन्ने कुरा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीको हातमा रहेको पौडेलको भनाई थियो ।

एमाले (माधव/झलनाथ पक्ष) पर्वतका अध्यक्ष भक्त कुवँरले पार्टी अध्यक्ष ओलीमा विचारमा स्खलन आएको भन्दै भिन्न विचार वोकेका साथीहरुलाई स्विकार गर्न नसक्नु उहाँको कमजोरी रहेको बताउनु भयो ।

एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किसकेकाले एकताको विन्दु नेकपा एकता हुनु पूर्वबाट नै खोज्नुपर्ने जिल्लाका पुराना विचारशील नेता उदय सुवेदीको तर्क थियो । टुङ्गनाथ पौडेलको अध्यक्षता, सङ्गिता सुवेदीको स्वागत र चन्द्रबहादुर लामिछानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply