म्याग्दीको सक्रिय एवम् स्थापित साङ्गितिक समूह कालरात्री ब्याण्डले ‘बालै भएन’ बोलको गीत बजारमा ल्याएको छ। विगत १४ वर्ष अगाडी बेनीको न्यूरोडमा स्थापना भएको समुहको पहिलो म्यूजिक भिडियो ‘मार्यो नी’ लाई यूवापुस्ताले रुचाएपछि दोस्रो म्यूजिक भिडियो बजारमा ल्याएको हो ।

जिल्ला भित्रका विभिन्न स्थानका साथै बाहिरी जिल्लामा समेत पुगेर सांगीतिक माहोल बनाउन सफल कालरात्रीले आर्थिक लगायत विभिन्न कारणले लामो समय अगाडी रेकर्ड गरेको गीतलाई हालै अमेरिकाको विपभन्न रमणीय स्थलहरुमा छायाङ्कन गरेको समुहका मुख्य गायक एवम् बोर्ड सदस्य सन्दिप श्रेष्ठले बताए ।

लोक तथा आधुनिक बाहेक बेनीमा यूवापुस्ताहरू पप गीत रुचाउनेहरुका लागि नयाँ कोलेशी प्रस्तुत गरेको उनले बताए । ‘अहिलेसम्म ब्यक्तिगत खर्चबाटै सञ्चालन गरिरहेका छौ,‘ब्याण्डले म्याग्दी जिल्लालाई चिनाउने गीतहरूमा पनि सक्ने प्रयास गछौं’ श्रेष्ठले बेनीअनलाइनलाई भने ।

विगतमा चाडपर्व, विभिन्न मेला, महोत्सवमा समेत लाईभ कन्र्सटमा आवश्यक पर्ने म्यूजिकल साम्रागीहरू समेत ब्यक्तिगत खर्चबाटै खरिद गर्ने गरेको अवस्थामा ब्याण्डलाई थप फराकिलो बनाउने योजना बनाएपनि कोरोना भाइरसका कारण विगत एकबर्षदेखि समस्यामा परेको समुहको भनाई छ ।

ब्यक्तिगत समस्या तथा रोजगारीका लागि विदेशमा जान थालेपछि केही समस्या भएपनि नयाँ सदस्य थप्न आवश्यक प्रशिक्षण सहितका कार्यहरु समेत गर्ने जनाएको छ ।

आर्थिक तथा विभिन्न बाधा र समस्याको पर्खाललाई समेत तोड्दै कालरात्री ब्याण्डले सांगितिक यात्रालाई निरन्तरता दिदै जिल्लाको शीर उच्च बनाउने र राष्ट्रियस्तरमा समेत आफ्नो प्रस्तुतीलाई निरन्तर प्रस्तुत गर्न तल्नि रहने कालरात्री ब्याण्डले जनाएको छ ।

Leave a Reply