माधव नेपाल–झलनाथ खनाल नेतृत्वमा रहेको नेकपा एमालेका भात्रृ संगठन यूवासंघ नेपालको गण्डकी प्रदेशको संयोजकमा कृष्णकुमार विश्वकर्मा चयन भएका छन् ।

देशैभर समानान्तर गतिविधि चलाइरहेको समुहले म्याग्दीका यूवा नेता समेत रहेका विश्वकर्मालाई संयोजकमा चउन गरेको हो। विश्वकर्मा यसअगाडी एमालेका यूवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष समेत थिए ।

पार्टी विभाजनको मुखमा पुगेपछि म्याग्दीमा माधव नेपाल समुहको अभियानमा विश्वकर्मा निकै सक्रिय छन् । यूवा संघका गण्डकी सयोजक भएपछि विश्वकर्माले अहिले प्रधानमन्त्री केपी ओलीले दक्षिणपन्थी धारको नेतृत्व गरेकोले सो समुहबाट पार्टी नै ध्वस्त बनाउन खोजेको बताए ।

बाहिरबाट हेर्दा यो लडाईं पद र प्रतिष्ठाको लागि भनिए पनि खासमा कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउने माधव नेपाल पक्षमा रहेको उनले बताए । नचाहँदा– नचाहँदै एमालेकै नाममा संस्था बनाउन बाध्य पारिएको बताउँदै कुनैपनि प्रलोभनमा नझुक्ने बताए । नेकपा एमाले माधब समुहले म्याग्दीमा समेत विभिन्न गतिविधि गरिरहेको छ ।

Leave a Reply