म्याग्दीका एक कोरोना संक्रमतिको मृत्यु भएको छ । पोखराको अस्पतालमा उपचारर्थ रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको सोमबार मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृतक पोखरामै बसोबास गर्न भएकाले जिल्लाबाट स्बाब संकलन नगरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

कोरोनाको दोस्रो लहरपछि म्याग्दी घर भएका पहिलो संक्रमितको मृत्यु भएको छ । यसैबिच बेनी नगरपालिकाका २ र रघुगंगाका १ जना सहित सोमबार म्याग्दीका थप ५ जनामा कोरोना देखिएको छ ।

Leave a Reply