जन्मदिन मनाउने आ-आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिकाअनुसार आफ्नो जन्मदिन मनाउने गरेको पाइन्छ। कोहीले मठ मन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन्। पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको पनि छ । पछिल्लो समय भने जन्मदिन मनाउने तरिका मोडिएको छ ।

यसैक्रममा म्याग्दीका एक शिक्षकले आफ्नो जन्मदिनको अवसरमा दुई सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई लक्षित गरी अक्षय कोष स्थापना गर्नुभएको छ । बेनी नगरपालिका-९, घतानका शंकर चोखालले राष्ट्रिय मावि नेप्टेचौर र रघुगंगा माविमा जनही ११ हजार १११ को दरले कोष स्थापना गर्नुभएको हो ।

दुबै विद्यालयमा उक्त सहयोग हस्तान्तरण गदैं चोखालले जन्मदिनको नाममा अनावश्यक क्षेत्रमा फजुल खर्च गर्नुभन्दा पनि आर्थिक रुपमा विपन्न, असहाय तथा समस्यामा परेका व्यक्तिहरुको उत्थानमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग बताउनुभयो । चोखाल रघुगंगा माविका पूर्व शिक्षक हुन भने राष्ट्रिय माविमा कार्यरत छन्।

आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा सहयोगका हातहरु फैलाउने र समस्यामा परेकालाई निरन्तर सहयोग गर्ने शिक्षक चोखालको प्रतिबद्धता छ। यसैबीच विद्यालयले उक्त कोषमा अन्य विपन्नलाई दिएको सहयोग समेत जम्मा गरी दिर्घकालिन सहयोग गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply