तीनवटा जटिल रोगले थलिएका म्याग्दीको धवलागिरी गाउँपालिका-३, मुदीका टेकबहादुर गर्बुजाले सहयोगको याचना गरेका छन् । एकबर्ष अगाडी दुवै मृगौलामा समस्या देखिएपछि औषधी सेवन गरिरहेको गर्बुजा प्यारालाइसेस ग्रसित छन् भने मुटुमा समेत समस्या देखिएको छ । बेनी अस्पतालले थप उपचारका लागि रिफर गरेपछि पोखरामा उपचारको क्रममा आर्थिक अभाव भएपछि घर फर्किन बाध्य पीडित गर्बुजाकी श्रीमती मनमायाँ गर्बुजाले बताउनुभयो । ‘रोगले जटिल रूप लिन थालेको छ,उपचारका लागि पोखरासम्म जोन पैसा पनि छैन्’ गर्बुजाले भावुक हुदै भन्नुभयो । परिवारको आर्थिक स्थिति कमजोर भएकाले उपचारमा सहयोगको आवश्यकता रहेको अगुवा दिलु विटालुले बताउनुभयो । उपचारमा निकै ठूलो रकम चाहिने देखिएपछिे उपचार कसरी गराउने भन्ने चिन्ता थपिएकाले सहयोग अभियान सुरु गरिएको विटालुको भनाई छ । पीडित गर्बुजाको दुई छोरी छन् । सहयोग गर्न चाहनेहरुका लागि पीडितकी श्रीमतिको मनमायाँ गर्बुजाको नं ९८४६९०१२०६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Reply